Websoft University

www.radiomakalu.com || 021-522512


पाँच हजार नदिएको झोकमा बालकको अपहरण

इटहरी,असार १८ गते ।पाँच हजार ऋण फिर्ता नदिएको आबेगमा आफ्नै साडु भाईले जेठानको छोरा अपहरण गरेको खुलेको छ ।
Apaharan Karta
सुनसरीको मधेली २ स्थित मुसलमान बस्तीका ज्यामुल मियाँका १२ वर्षीया छोरा दिलवर मियाँलाई ५ हजार नगद जेठानले फिर्ता नदिएको आबेगमा साडु भाई रिजमान अन्सारी र अलावदिन मियाँले अपहरण गरेका हुन् ।
प्रहरीले अपहरणमा परेका दिलवर मियाँलाई सकुशल भारतबाट अपहरण मुक्त गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव पोखरेल नेतृत्वको टोलीले अपहरणमा परेका बालकलाई सकुशल अपहरण मुक्त गरेको हो ।
शुक्रबार बिहान ९ बजे रिजमान र अलावदिनले घरबाट दिलवर मियाँको अपहरण गरेका थिए । अपहरण गरेर दुवैले मियाँलाई भारत बिहार स्थित भुल्खा भन्ने ठाँउमा मोहमद फिदा हुसेनको घरमा बन्धक बनाएर राखेका थिए ।
प्रहरीलाई घटनाको बारेमा जानकारी आए पश्चात मियाँको खोजीमा दुहबी प्रहरीको टोली सकृय बनेको थियो । अपहरणमा संलग्न रिजमान अन्सारीलाई भने तत्कालै दुहबीको मेलाबाट प्रहरीले पक्राउ गरेको थियो ।
पछि मात्र मियाँलाई अपहरण गरेर बिहारको भुल्खामा राखेको प्रहरी समक्ष अन्सारीले बयान दिएका थिए । प्रहरी निरीक्षक पोखरेलको टोलीले बन्धक बनाएको स्थान सम्म पुगेर अपहरण मुक्त गरेका हुन् । received_748053878666469

अपहरणमा परेका मियाँलाई मोहमद फिदा हुसेनको घरमा मुख छोपेर अनि हात बाधेर राखेको अबस्थामा फेला परेका थिए ।
अपहरणमा संलग्न अर्का अलावदिन मियाँ भने फरार छन् । उनको खोजीमा प्रहरीको टोली परिचालन भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव पोखरेलले जानकारी दिए ।
अपहरण गर्ने रिजमान अन्सारीको ५ हजार नगद अपहरणमा परेका बालक दिलवर मियाँको बुबा ज्यामुले फिर्ता नदिएको बिषयमा अपहरण भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई अपहरण मुद्धा अन्तर्गत कारबार्हि अघि बढाइने प्रहरी निरीक्षक पोखरेलले बताए ।
अपहरणमा परेका १२ बर्षिय बालक दिलवर मियाँलाई भने परिवार समक्ष बुझाइएको छ । अपहरण गर्ने अन्सारी १९ र मियाँ २१ बर्षका मात्र छन् ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget