Websoft University

www.radiomakalu.com || 021-522512


आफ्नो प्रस्तावमा २४ घण्टा पनि अडिन सकेनन् रामचन्द्र पौडेल

Ram-chandera-Paudel

सहमति नहुने भएपछि शीर्ष बैठकमा ओली गएनन्

काठमाडौं, साउन ७ गते । दलहरुबीच सहमतिका लागि चारबुँदे प्रस्ताव पेश गरेका कांग्रेस नेता रामचन्द्र पौडेल आफ्नो प्रस्तावमा २४ घण्टा पनि अडिन नसकेपछि सहमति प्रयास लगभग असफलताको विन्दूमा पुगेको छ ।

विपक्षी गठबन्धनले सभामुख ओनसरी घर्तीमार्फत जसरी पनि अविश्वास प्रस्ताव अघि बढाउन खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अपरान्ह निर्धारित शीर्ष बैठकमा सहभागी भएनन् ।

बैठकमा पार्टीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपाध्यक्ष तथा रक्षामन्त्री भीम रावललाई पठाएर ओली सिंहदरवारबाट बालुवाटारतर्फ लागेको स्रोतले जनाएको छ । प्रधानमन्त्री शीर्ष बैठकमा सहभागी नहुनुले पनि दलहरु सहमतिको साटो बिमतिको बाटोमा लागेको संकेत देखिएको छ ।

पौडेलले बिहीबार शीर्ष बैठकमा आर्थिक बिधेयक पारित गर्ने, प्रधानमन्त्रीले राजीनामा दिने, विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव फिर्ता लिने र कुरा मिल्ने दलहरुले नयाँ सरकार गठन गर्ने प्रस्ताव राखेका थिए ।

तर, उनको प्रस्तावलाई कांग्रेस सभापति शेरवहादुर देउवाको अध्यक्षतामा शुक्रबार बिहान बसेको माओवादी र मधेशी मोर्चा सहितको बैठकले अस्वीकार गरिसकेको छ । पौडेलको प्रस्ताव एमाले उपनेता सुवास नेम्वाङको सल्लाह अनुसार आएको आरोप समेत विपक्षी गठबन्धनका केही नेताले लगाएका छन् ।

आफ्नो प्रस्ताव पार्टीबाटै अस्वीकृत भएपछि उनले बचाउ गर्न चाहेनन् । सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पौडेलले भने, ‘त्यो हिजो सहमतिका लागि गरेको प्रस्त्ााव हो, आजको कुरा अर्कै आइसक्यो ।’

एमालेले पौडेलको प्रस्ताबलाई सकारात्मक भन्दै त्यसमा सहमति भए प्रधानमन्त्रीले राजिनामा दिने बताएको थियो । तर, कांग्रेस नेता विमलेन्द्र निधिले अब राजीनामाको च्याप्टर सकिएको भन्दै अविश्वास प्रस्ताबबाट पछि नहट्ने प्रष्ट पारे ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले पौडेलको प्रस्तावमा एमाले सकारात्मक भए पनि उनी आफैं अडिन नसकेको प्रतिक्रिया दिएका छन् । सहमति नभएमा आर्थिक बिधेयक पारित नभई अश्विास प्रस्तावमाथि छलफल हुन नदिइने एमाले सचेतक गोकुल घर्तीले बताए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget