Websoft University

www.radiomakalu.com || 021-522512


जर्मन कप्तान स्वाइन्स्टाइगरले टेनिस स्टार इभानोबीचसँग बिहे गरे

Bastian-Married

काठमाडौं,असार २९ गते । उनको मैदानको यात्रा यस महिनाको सुरुवातमा निराशाजनक रुपमा अन्त्य भयो । तर मैदान बाहिर यस जुलाई महिना जर्मन फुटबल टोलीका कप्तान बास्टियन स्वाइन्सटाइगरले जीवनभर मुटुमा संगालेर राख्नेछन् ।

ठ्याक्कै यस्तै सर्वियन टेनिस सुन्दरी आनाको हकमा पनि लागू भयो । गत महिनाको अन्तिमदेखि सुरु भएको बर्षको दोस्रो ग्राण्डस्लाम विम्बल्डन टेनिसको पहिलो चरणबाटै निराश हुनुपरे्पनि उनले यस महिनामा स्वाइन्सटाइगर जीवनसाथी पाएकी छिन् ।

विश्वबिजेता जर्मनी तथा म्यान्चेस्टर युनाइटेडका स्टार स्वाइन्सलाईगर र सर्वियन सुन्दरी इभानोविचले उत्तरपूर्वी इटलीको भेनिस सिटी हलमा कविद २ बर्ष लामो रोमान्सलाई विवाहमा परिणत गरेका छन् ।

गाढा निलो रंगका शुटमा स्वाइन्स्टाइगर शानदार देखिएका थिए भने सेतो गाउनमा सजिएकी सुन्दरी आना पनि निक्कै खुलेकी थिइन् । प्रफुल्ल मुद्रामा नव बरबधु भेनिस सिटी हलबाट बाहिरिँदै गर्दा फोटोपत्रकारको नजरमा परेका थिए ।

भेनिस सिटी हलमा सन् १९९० यता क्रिष्चियनहरुको बिबाह समारोह आयोजना हुँदै आएको छ । यो हललाई पालाज्जो काभालीको रुपमा पनि मानिन्छ ।

बैबाहिक समारोहमा बरबधुका परिवारको उपस्थिति थियो । समारोहमा आनाका मातापिता मिर्सोलाभ र ड्रागानाको सहभागिता थियो भने स्वाइन्स्टाइगरका पिता अल्फ्रेड र दाजु टोवियासको पनि उपस्थिति थियो ।

इभानोविच र स्वाइन्सटाइगर जर्मन राजधानी म्युनिखबाट नजिकका साथीभाई र परिवारका साथमा भेनिसको यात्रा सुरु गरेका थिए ।

केहि जर्मन मिडियाका अनुसार बैबाहिक समारोहमा सहभागी हुन एयरपोर्ट पुगेका आफन्तलाई नै थाहा थिएन कि उनीहरु कहाँ जादैछन् ।

बैबाहिक समारोहमा उपस्थित भएकाहरुको नाम निक्कै गोप्य राखिएको थियो । तर हल्लाहरुमा आएअनुसार बार्यन म्यूनिखका अध्यक्ष उली होइनेस, जर्मन प्रशिक्षक जोचिम लो र थोमस मुलर सहभागी थिए । त्यस्तै टेनिस स्टार एंगेलिक कर्वर र एण्डी मर्रेपनि सहभागी भएको बताइन्छ ।अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget