Websoft University

www.radiomakalu.com || 021-522512


लन्डन ओर्लिए नेपाली क्रिकेटर

असार २८, २०७३- एउटा ऐतिहासिक ठानिएको खेलका लागि नेपाली क्रिकेट खेलाडी सोमबार साँझ लन्डन उत्रिएका छन् । अध्यागमन जाँचले करिब अढाइ घण्टा रोकेपछि स्थानीय समयानुसार राति ९ बजे हिथ्रो विमानस्थलको टर्मिनल फोर उत्रँदा खेलाडीलाई नेपाली दूतावास प्रतिनिधि र अन्य शुभचिन्तकले स्वागत गरे । लामो हवाइ यात्राले थकित खेलाडी ओर्लिए लगत्तै रात्रीभोजका लागि भेन्यू फाइभ रेष्टुरेन्ट पुगे । जसको प्रायोजन एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमल्सिनाले गरेका थिए ।


कप्तान पारस खड्कासहित १५ खेलाडी, प्रशिक्षक जगत टमाटा र अन्य अफिसियल लन्डन आएका हुन् । नेपाली खेलाडीले यही जुलाई १९ तारिख बिहान लन्डनस्थित विश्वविख्यात लर्ड्स क्रिकेट मैदानमा पहिलो पटक एमसीसी (मार्लेबोन क्रिकेट क्लव) सँग मैत्रीपूर्ण खेल खेल्दैछ । बेलायत-नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्षगाँठका अवसरमा नेपाली खेलाडीलाई उक्त ऐतिहासिक खेलको अवसर मिलेको हो ।

‘हामीले लर्ड्समा खेल्न पाउनुलाई ठूलो अवसरका रुपमा लिएका छौं,' कप्तान खड्काले लन्डन ओर्लिएपछि कान्तिपुरसँग भने, ‘लर्ड्समा खेल्छु भनेर सजिलै खेल्न सकिने ठाउँ पनि होइन । यस्तो प्लेटफर्मबाट विश्वसामू नेपाललाई चिनाउने फेरि ठूलो अवसर आएको छ । हामी आत्मविश्वासका साथ खेल्ने छौं ।’


खड्काले करिब महिना दिनको प्रशिक्षणले गर्दा पनि सन् १७८७ मा स्थापित विश्वकै प्रख्यात क्रिकेट क्लब एमसीसीसँग खेल्न आत्मबल बढेको सुनाए । ‘हामीलाई बेलायतबासी नेपाली समुदायको साथ समर्थनले थप उत्साहित बनाएको छ,' पारसले भने, ‘उहाँहरुलाई खुशी तुल्याउनुपर्ने दायित्व समेत हामीमाथि छ ।’

पारस एमसीसी र लर्ड्स क्रिकेट ग्राउण्डसँग विगतदेखि नै परिचित हुन् । कारण, सन् २०१५ मार्चमा पारसले एमसीसीमा आवद्ध भएर दुबईमा खेलिसकेका छन् भने गत नोभेम्बरमा एमसीसी नेपाल गएर खेलेको थियो । सन् २०१४ मा पारस लन्डन आउँदा उनले एमसीसी हेड अफ क्रिकेट जोन स्टेफेन्सन र इङल्याण्ड क्रिकेट बोर्ड आवद्ध पूर्व कप्तान माइक ग्याटिङसँग भेट गरि नेपालको क्रिकेट विकासबारे छलफल गरेका थिए ।

लन्डन उत्रिएदेखि नै नेपाली खेलाडीको व्यस्त कार्यक्रम छ । १२ तारिख मंगलबार नेपाली दूतावासले दिने रिसेप्सनपछि नेपाली खेलाडी १३ तारिखका दिन जिमखाना क्रिकेट क्लव, ओस्टर्लीमा प्रशिक्षणमा व्यस्त हुनेछन् र त्यही दिन बिहान साढे दशदेखि साँझ ५ बजेसम्म फ्रि फरेस्टरसँग ४० ओभरको म्याच खेल्ने कार्यक्रम छ ।

त्यसैगरि, १४ जुलाइ अपरान्ह साढे ४ देखि साढे ७ बजेसम्म जिमखानासँग टी-ट्वान्टी खेल हुनेछ । नेपाली टिमले १५ जुलाइ बिहानदेखि स्ट्यानमोर क्रिकेट क्लवसँग ५० ओभरको म्याच खेल्ने तालिका छ ।

खेलाडीहरु १६ तारिख विश्राम लिएर १७ जुलाईमा इष्टबोर्न क्रिकेट क्लवसँग ५० ओभरको म्याच खेल्नेछन् । १८ तारिखमा भने लर्ड्समा अभ्यास गर्ने कार्यक्रम छ ।

२० तारिख रिसेप्सनमा सहभागी भएपछि खेलाडीहरु २१ तारिख लन्डनबाट नेपाल प्रस्थान गर्ने जनाइएको छ । कान्तिपुरबाट 


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget