Websoft University

www.radiomakalu.com || 021-522512


भोलिको संसद बैठक र पार्टीको भूमिकाबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै



नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । अपरान्ह ३ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा बिहीबारको संसद बैठक र पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।



एमालेले प्रधानमन्त्री बिरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरिसकेको छ । यस्तै अविश्वास प्रस्तावअघि संसदमा बजेटसँग सम्बन्धित विधेयकमा छलफल हुनुपर्ने एमालेको माग छ ।
यसअघि, हिजो बसेको एमाले स्थायी समिति बैठकले देशलाई अनावश्यक द्धन्द र तनावको स्थितिमा नलग्न प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई आग्रह गरेको थियो । काँग्रेस र माओवादी केन्द्रको व्यवहारले भोलीका दिनमा पनि सहमतिका साथ अगाडी वढन नखोजेको हो की भन्ने शंका उत्पन्न भएको एमाले स्थायी समितिको निष्कर्ष छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget