Websoft University

www.radiomakalu.com || 021-522512


नेम्वाङलाई ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा



काठमाडौं,साउन ११ गते । नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्वसभामुख सुवास नेम्वाङलाई एउटा ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा भएको छ ।

राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमाथि संसदमा छलफल चलिरहेको छ । छलफलमा सत्तारुढ दलहरुले सिफारिसको बचाउ गरेका छन् । तर, कांग्रेससहितका दलहरुका नेताहरुले आलोचनासहित समर्थन गरेका छन् ।

छलफलमा भाग लिँदै कांग्रेस संसद चौधरीले पूर्व सभामुख नेवाङलाई एउटा ‘ग्याङको नेता’ भने । लगत्तै एमाले सांसदहरुले विरोध गर्दै नियमापत्ति गरे ।

एमाले सांसदहरुको विरोधपछि सभामुख ओनसरी घर्ती मगरले ‘ग्याङ’ शब्दलाई रेकर्डबाट हटाउन आदेश दिइन् । साथै उनले शिष्ट र मर्यादित भाषा प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेकी छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget