Websoft University

www.radiomakalu.com || 021-522512


किन खराब हुन्छ तपाइँको पेट ? यी हुन् ५ कारण


stomatch
धेरै मानिसलाई अपचको समस्या हुन्छ । कहिलेकाहीँ धेरै उपाय गर्दा पनि अपचको समस्या दूर हुँदैन ।

कहिलेकाहीँ संक्रमणले त कहिलेकाहीँ हाम्रै जिवनशैली तथा खानपानका कारण अपचको समस्या सिर्जना भएको हुन्छ, जसलाई हामी हेलचेक्राई गरिरहेका हुन्छौँ । विज्ञका अनुसार अपच हुनुका ५ कारण यस्ता छन्ः

खाना लगत्तै पानीः खाना खाए लगत्तै वा खाना सँगै पानी वा अरु कुनै तरल पदार्थ धेरै पिउनाले पाचन क्रियामा सघाउने इन्जाइमहरु कम उत्पादन हुन्छन् । जसका कारण पाचन क्रिया ढिलो हुन्छ र खाएको खानेकुरा पचाउन गाह्रो हुन्छ ।

धेरै चियाकफी पिउनालेः जसलाई एसिडिटीको समस्या छ र मुखमा अमिलो पानी आउने समस्या अर्थात् एसिड रिफ्ल्क्सको समस्या हुन्छ उनीहरुले दिनमा ३ कप भन्दा धेरै चिया कफी पिउनु हुँदैन । चिया तथा कफीमा हुने ट्यानिन तत्वले खानामा भएको पोषणलाई राम्रोसँग सरीरलाई शेाषण गर्न दिँदैन र पाचन क्रियालाई खराब बनाउँदछ ।

भरी पेटमा व्यायामः व्यायाम भन्दा पहिले यदि पेट भर्नेगरी खाना खानुभयो भने त्यो पच्नका लागि समय लाग्दछ । यसो हुँदा कहिलेकाहीँ एलर्जी लगायतका समस्या उत्पन्न हुन्छ । खाना लगत्तै व्यायाम गर्दा खाना राम्रोसँग पच्दैन ।

धेरै औषधिको सेवनः कतिपय एन्टीबायोटिक औषधिहरुको साइड इफेक्टका कारण त्यस्ता औषधि सेवन पछि पेट खराब हुन्छ । कहिलेकाहीँ दुइ फरक औषधि एकैपटक सेवन गर्दा त्यसले पाचन क्रियामा असर पूराउँदछ । त्यसैले सकेसम्म धेरै औषधि सेवन नगर्ने, चिकित्सकले भनेको समय र मात्रा अनुसार सेवन गर्ने तथा औषधि सेवन गर्नुअघि त्यसको साइड इफेक्टका बारेमा जान्नुपर्दछ ।

पेटमा हावा भरिनुः मुख धेरै खुल्ला गरेर अर्थात् ठूलो मुख पारेर वा कुरकानी गर्दै खाने गर्नाले खानेकुरासँगै पेटमा हावा पनि छिर्दछ । पेटमा हावा छिर्नाले पेटमा ग्यास उत्पन्न हुने समस्यालाई बढाउने तथा पाचन क्रियामा समेत समस्या पैदा गर्दछ ।-एजेन्सीको सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget