Websoft University

www.radiomakalu.com || 021-522512


सरकार छाड्ने माओवादीको निर्णयले एमाले आश्चर्यमा !


प्रचण्डलाई प्रश्नः वीपी बन्ने कि मात्रिका ?Pradeep Gyawali

काठमाडौं, असार २८ गते । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको सरकार छाड्ने निर्णयप्रति सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आश्चर्य व्यक्त गरेको छ ।

विगतमा तिक्ततापूर्ण सम्बन्ध रहे पनि संविधान जारी गर्ने क्रममा भएको १६ बुँदे सहमतिपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको सम्वन्ध सुमधुर बनेको थियो । त्यही सिलसिलामा प्रचण्डकै प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन् ।

सत्ता साझेदार दुई प्रमुख दल एमाले र माओवादीका सम्वन्धमा दरार आएको स्वीकार गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले प्रचण्डको मन परिर्वतन हुनुका तीन कारण पेश गरे ।

१.माओवादी एकतापछिको समीकरण

माओवादीले हालैमात्र रामबहादुर थापा बादलसहितको समूहसँग पार्टी एकता गर्‍यो । यसले पनि ओली प्रचण्ड सहकार्यको लयलाई केही हदसम्म बिगार्ने काम गरेको एमाले बुझाइ छ ।

‘एकीकरण भयो, उहाँहरुको पार्टीले प्रगति गरोस् शुभकामना छ’ एमाले सचिव ज्ञवाली भन्छन्, ‘तर, यो संविधानप्रति प्रचण्डले जति अपनत्व महसुस गर्छन् । हिजो संविधानसभा नै बहिस्कार गरेकाहरुले शायदै गर्लान् ।’

२. एमालेले फाइदा लिन्छ भन्ने गलत बुझाइ

माओवादी नेताहरुलाई बामपन्थी गठवन्धनलाई कायम राखेर जाँदा घाटा हुन्छ भन्ने काउन्सिलिङ भएको एमालेको बुझाइ छ । एमाले सचिव ज्ञवाली यो गलत काउन्सिलिङ भएको बताउँछन् । उनले भने, यो गठवन्धन कायम रहृयो भने माओवादीलाई घाटा हुन्छ र जसजति एमालेलाई जान्छ भन्ने गलत बुझाइ माओवादीमा देखियो ।’

३. द्वन्द्वकालीन मुद्धामा कांग्रेस नजिक !

माओवादीको पछिल्लो पोलिटब्यूरो बैठकले सरकारको नेतृत्वभन्दा मुद्दालाई प्राथमिकता दिने र, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु पहिलो प्राथमिकता भएको निर्णय गर्‍यो ।

यसैलाई आधार बनाएर माओवादीका कतिपय नेताहरुले द्वन्द्वकालीन मुद्दामा एमालेभन्दा कांग्रेस नजिक भन्न थालेका छन् । र, उनीहरुले नै सरकार परिर्वतनको प्रयासमा निकै अघि बढे । तर, एमाले नेताहरु भने यसलाई पनि माओवादीको गलत बुझाइ भन्छन् । एमाले सचिव प्रदीप ज्ञवाली भन्छन्, यो भनेको त काले-काले मिलेर खाउँ भाले भनेको जस्तो हुन्छ ।’

सर्वोच्चले विगतमा गरेका फैसलाहरुको नजिर, नेपालले अन्तराष्ट्रिय समुदायहरुसँग गरेको प्रतिवद्धताका कारण नेपालले आममाफी दियो वा खुकुलो बनायो भन्ने सन्देश दिन नसकिने एमाले बुझाइ छ । ज्ञवाली भन्छन्, ‘यस्तो हुने हो भने पाइला-पाइलामा कुमार लामा बन्ने अवस्था आउँछ ।’

माओवादीका केही नेताहरुले पनि शान्ति प्रक्रियाका बाँकी काम एमाले नेतृत्वको सरकारकै पालामा सक्नुपर्ने तर्क गरेका छन् । र, यसमा प्रगति भएको उनीहरुको दाबी छ । तर, वर्षमान पुन अनन्तसहितका माओवादी नेताहरु भने एजेण्डा मिल्नेहरुसँग एकता गर्ने भन्दै कांग्रेससँग नजिक भएका छन् ।

प्रचण्डलाई प्रश्नः वीपी बन्ने कि मात्रिका ?

एमालेले यो सरकारलाई देशभक्त प्रगतिशीलहरुको गठवन्धन भन्ने गरेको छ । र, नेपालको संविधान नेपालीहरु नै बनाउनुपर्छ र नेपालको सरकार नेपालीहरु नै चलाउनुपर्छ भन्ने मान्यताका आधारमा ओली सरकार बनाउने बताउँछन् ।

ओलीलाई प्रधानमन्त्री बनाउँदै गर्दा प्रचण्डले पनि यस्तै भाषा बोलेका थिए । कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालालाई लक्षित गर्दै प्रचण्डले त्यसबेला मात्रिका बन्ने कि वीपी कोइराला भनेर प्रश्न गरेको स्मारण गर्दै एमाले सचिव ज्ञवालीले भने, अब प्रचण्डले यसको जवाफ दिनुपर्ने बेला आएको छ ।’- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget