Websoft University

www.radiomakalu.com || 021-522512


माओवादी हेडक्वार्टरको निर्णय : अविश्वासको प्रस्तावको प्रक्रिया पुरा भएपछि बजेट सम्बन्धी विधेयक पास

काठमाडौं असार ३१ गते । सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादीले अविश्वासको प्रस्तावमाथिको छलफलको प्रक्रिया पुरा भए नभएसम्म बजेट सम्बन्धी विधेयकहरू पास नगर्ने निर्णय गरेको छ । आज बसेको माओवादी केन्द्रीय कार्यलय वैठकले यस्तो निर्णय गरेको हो । माओवादीको यस्तो निर्णयसँगै आज बस्ने भनिएको संसदको कार्यसूचि प्रभावित हुने देखिएको छ ।
maoist-hq-meeting

‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक बसी हाम्रो पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको केपी वली सरकारका विरुद्ध सदनमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलको प्रक्रिया पुरा भएपछि मात्र अर्थ सम्बन्धी विधेयकहरू पास गर्ने निर्णय गरेरेको छ । ’ पार्टी प्रवत्ता पम्फा भुसालले जारी गरेको प्रेस नोटमा छ ।

नेता लोकेन्द्र विष्टले वैठकमा संगठन सम्बन्धी विषयमा पनि छलफल भएको बताए ।

संसदले विनियोजन विधेयक पारित गरेपनि बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्न वाँकी छ । यीनै विद्येयक पारितका लागि बुधवार वैठक बोलाइएको थियो ।बैठक बस्न नसकेपछि सूचना टाँस गरी आज १ बजेको लागि सारिएको थियो ।

कांग्रेस, माओवादी र नेकपा संयुक्तले सरकार विरुद्ध संसदमा अविश्वासको प्रस्ताव गराएका छन् । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बजेट पारित हुन नदिने उनीहरुको भनाइृ छ । एमाले हिजोको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको छ ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget