Websoft University

www.radiomakalu.com || 021-522512


२८ दिनपछि तमलोपा अनसनमा सहभागी



काठमाडौं, असार २० गते । विगत २८ दिनदेखि संघीय गठबन्धनले गर्दै आइरहेको रिले अनसनमा आजदेखि तराई मधेश लोकतान्त्रिक पार्टी पनि सहभागि भएको छ ।

जेठ २५ गतेदेखि शुरु भएको रिले अनसनमा तमलोपा अनुपस्थित हुँदै आएको थियो । यसरी अन्त्यतिर रिले अनसनमा अचानक सहभागि हुनुलाई अर्थपूर्ण रुपमा लिएको छ ।
1 (3)

गठबन्धनले गरेको सिंहदरवार, बालुवाटार घेराउमा मात्र सहभागि भएको तमलोपाले त्यसपछिको कुनै पनि कार्यक्रममा सहभागिता जनाएको थिएन । सिंहदरवार र बालुवाटारमा पार्टीका अध्यक्ष महन्थ ठाकुर भने सहभागि थिएनन् ।

गठबन्धनको संयोजकमा उपेन्द्र यादव चयन भएपछि तमलोपा र सद्भावना पार्टीले असन्तुष्टि जनाउँदै रिले अनसनमा सहभागि भइरहेका थिएनन् । शुरु-शुरुमा सद्भावना पार्टीले आफ्ना नेता तथा कर्यकर्ता पठाइरहेको थियो, तर पछिल्लो समय सद्भावना पार्टीका पनि अनुपस्थिति हुन थालेको थियो ।

अनसनमा सहभागि तमलोपाका नेता सुरेश मण्डलले आफूहरु महाधिवेशनमा सहभागि भएको हुनाले शुरुमा सहभागि हुन नपाएको र महाधिवेशन सकिएपछि सहभागि भएको प्रतिकृया दिए । उनले भने, ‘सहभागि नहुनुको अरु कुनै कारण थिएन, हाम्रो पार्टीका पहिलो महाधिवेशन भएका कारणले सबैजना उतै व्यस्त भएको कारणले सहभागि हुन सकिरहेका थिएनौं ।’

तर, उनले आफ्नो फेसबुकमा भने मधेश आन्दोलन मधेशी मोर्चाले गरेको र सहिद मधेशी जनता भएको भन्दै मधेशी मोर्चा बाहेक कुनै पनि गठबन्धनलाई मधेशी जनताले नचिनेको भन्दै असन्तुष्टि पोखेका थिए ।

मण्डलले मात्र होइन, गठबन्धनको गतिविधिप्रति तमलोपाका अन्य नेताहरु पनि यस्तै आशयको टिकाटिप्पणीहरु गरिरहको हुन्थे ।

अनसनमा तमलोपाको तर्फबाट आज मण्डलसहित डा.सुरेन्द्रकुमार झा, राकेश कुमार झा, चन्दा चोधरी, रीता ठाकुर र अन्जु गुप्ता रहेका छन् ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget