Websoft University

www.radiomakalu.com || 021-522512


कोइरालाको स्वास्थ्यमा सुधार: आइसियुबाट अन्तै सार्ने तयारी

shasank_840

काठमाडौँ, असार २६ गते । ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । उहाँ अहिले संवाद गर्न र खानेकुरा खानसक्ने हुनुभएको अस्पतालले जनाएको छ । कोइरालाको स्वास्थ्यमा सुधार आएकाले अब एकदुई दिनमा हिँडडुल गराइने उपचारमा संलग्न डा हरिकिशोर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

केहीदिनभित्र कोइरालालाई सघन उपचार कक्ष आइसियुबाट अन्तै सार्ने अस्पतालको तयारी छ । “उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ, अब, सघन उपचार कक्षबाट निकालेर डिलक्स वार्डमा सार्छौं, अहिले बाहिर सार्दा भिजिटर धेरै हुने भएकाले आइसियुमै राखेका हौँ” – डा श्रेष्ठले भन्नुभयो ।

स्वास्थ्यमा एक्कासि खराबी आएपछि उपचारार्थ डा कोइरालालाई गत असार २२ गते बुधबार अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि बिहीबार अपराह्नदेखि आइसियुमा राखिएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget