Websoft University

www.radiomakalu.com || 021-522512


दलबीच बन्ने सहमति सत्तामा जानका लागि मात्र बन्न हुँदैनः नेता सिंह



काठमाडौँ असार २५ गते   ।नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब दलकाबीचमा बन्ने सहमति केबल सत्तामा जानका लागिमात्र हुन नहुने बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले १० नम्बर वडामा शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिंहले मुलुकसामु अहिले संविधान पूर्ण कार्यान्वयन गर्नुपर्ने चुनौती रहेकाले अब संविधान कार्यान्वयनसहितको सहमति हुनुपर्ने विचार राखे ।
उनले पार्टीको १३औँ महाधिवेशन सकिएको लामो समय बित्दापनि विधानअनुसार पार्टी सभापतिले पदाधिकारी चयनलगायतका काम गर्न नसक्नु दुःखद भएको बताए ।
पार्टी विधिविधानअनुसार चलेन भन्नेले जिम्मेवारीमा पुगेपछि पार्टी चलाउन कतिको ग्राहो हुन्छ भने बल्ल महसुस गरेको सिंहले उल्लेख गरे ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget