Websoft University

www.radiomakalu.com || 021-522512


अवैधरुपमा गिट्टी, बालुवा भारत निकासी








गौशाला, साउन २ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिकाभन्दा एक किलोमिटर पश्चिममा रहेको मरहा खोलाबाट अवैधरुपमा दैनिक १०० टेलर गिट्टी, बालुवा उत्खनन गरी भारत निकासी गर्ने गरिएको छ ।


स्थानीय बासिन्दाका अनुसार मरहा खोलाबाट अहिले दैनिक १०० बढी टेलर गिट्टी बालुवा उत्खनन गरी भारतको विभिन्न गाउँ ठाउँमा निकासी हुने गरेको छ ।

खोलाको दुवैपट्टि डिलमा गाउँ बस्ती रहे पनि सो खोलाको बीचमै डोजर र स्काइभेटर लगाएर ठूलठूला खाल्डाखुल्डी बनाइएको छ भने दैनिकरुपमा खोलामा तीव्ररुपमा उत्खनन भइरहेको स्थानीय नन्दन साहले बताउनुभयो ।

सो खोलामा बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म दर्जनौँ ट्र्याक्टर लामबद्ध रहेका हुन्छन् भने राति अबेरसम्म बालुवा, गिट्टी ढुवानी भइरहेको स्थानीय बताउँछन् ।

खोलामा उत्खनन गरिरहेका डोजर, स्काइभेटर र ट्र्याक्टरवालासँग खोला उत्खनन किन गरिरहेको र प्रहरी प्रशासनले केही भन्दैन भनी सोध्दा उनीहरुले पुलिस प्रशासन दैनिक यहाँ आउँछन् हेरेर जान्छन् तर हामीलाई केही भन्दैन भनी जवाफ फर्काएका छन् ।

यता यसबारे इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलसँग जिज्ञासा राख्दा हामीलाई खोला उत्खननबारे केही थाहा नभएको तथा यस्तो काम भइरहेको पाइएमा हामी तुरुन्त रोक्ने जवाफ दिनु हुन्छ ।

त्यस्तै इलाका प्रशासन कार्यालय गौशालाले पनि आफूलाई मरहा खोलामा भइरहेको गिट्टी, बालुवा उत्खननबारे केही थाहा नभएको बताउँछन् ।

तर एक किलोमिटरको दूरीमा रहेको इलाका प्रहरी र इलाका प्रशासनलाई यसरी अवैधरुपमा मरहा खोला दोहन भइरहेको बारेमा जानकारी नहुनुलाई सो खोलाबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन र भारतसम्म निकासीमा तस्कर र प्रहरी तथा प्रशासनको मिलोमतोमै भइरहेको बुझिन्छ । रासस







Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget