Websoft University

www.radiomakalu.com || 021-522512


बेलायतमा नेपालको लगातार तेस्रो जित

 बेलायतमा नेपालको लगातार तेस्रो जित



काठमाडौँ , साउन १ गते । बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले लगातार तेस्रो जित निकालेको छ।

कप्तान पारस खड्काको आकर्षक ब्याटिङपछि शुक्रबार बेलायतको स्टानमोर क्रिकेट क्लबमा नेपालले क्रिकेट क्लब कन्फ्रेन्सलाई ४ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिङ गरेको कन्फ्रेन्सले पूरै ५० ओभरमा ६ विकेट गुमाएर दुई सय २६ रन बनाएको थियो।

जवाफी ब्याटिङमा नेपालको तर्फबाट ओपनर ज्ञानेन्द्र मल्ला र अनिल मण्डलले आकर्षक सुरुवात गरे भने पारस खड्काको आकर्षक ब्याटिङले नेपालले ४६.१ ओभरमै लक्ष्य भेट्टाएको हो।

नेपाललाई तेस्रो जित दिलाउन शुक्रबारको पारसले ६६ बलमा ६७ रन बनाएर नेपाललाई आकर्षक जित दिलाए।

बेलायत भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेलमा बेलायतकै स्थानीय फ्रि फोरेस्ट क्रिकेट क्लबलाई एक सय २६ रनले पराजित गरेको थियो भने बिहीबारको खेलमा बेलायतकै अर्को क्लब इन्डियन जिमखाना क्रिकेट क्लबसामू नेपालले २० रनको जित निकालेको थियो।

नेपालले आइतबार इस्टबर्न क्रिकेट क्लबसँग ५० ओभरको खेल खेल्दै छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget