Websoft University

www.radiomakalu.com || 021-522512


देशभर मनसुन सक्रिय, केहि दिन अझै पानी पर्ने


महाकालीको बाढीले खतराको सूचक नाघ्यो, अन्तराष्ट्रिय उडान प्रभावित


काठमाडौं । नेपालमा मनसुन सक्रिय भएसँगै देशभर पानी परिरहेको छ । पानी पर्ने क्रम भोलि र पर्सि पनि जारी रहने मौसमविदले पूर्वानुमान गरेका छन् ।

धान खेती गर्ने बेला परेको पानीले किसानहरुलाई राहत भए पनि भूकम्प पीडित बस्ती, पहाडी क्षेत्र र तराईका नदी-खोला किनारका बस्ती भने जोखिममा परेका छन् ।

महाकालीमा खतराको सूचक नाघ्यो

पूर्वमा कोशीदेखि पश्चिम महाकालीसम्मको क्षेत्रमा बढी पानी परेको छ । महाकाली नदीको बैतडी परी गाउँ केन्द्रमा बाढीले खतराको संकेत पार गरेको छ ।

यसैगरी चितवन माडीको रिउ खोलाको बाढी पनि खतराको संकेत नजिक पुगेको छ ।

हाइड्रोलोजिस्ट विनोद पराजुलीले देशभरका खोला र नदीमा जलस्तर बढ्ने क्रममा रहेको जानकारी दिए । यसबाट मानवीय र भौतिक क्षति पनि हुनसक्ने भएकाले पूर्वसतर्कता अपनाउनुपर्ने पराजुलीले बताए ।

‘कोशीदेखि नारायणगढ, नवलपरासीसम्मको रेन्ज र सुदूरपश्चिममा कर्णाली, महाकाली नदीहरुमा जलस्तर बढिरहेको छ,’ पराजुलीले भने, ‘भोलिसम्म यस्तै पानी परिरहने भएकाले सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउनु जरुरी छ ।’

उडान अवतरण प्रभावित

अबिरल वर्षाले काठमाडौं उपत्यकाका सडक जलमग्न भएका छन् । पुतलिसडक, जमल, सोह्रखुट्टे, जावलाखेल लगायतका सडक पानीले भरिएपछि यातायात आवागमनमा बाधा पुगेको छ । पैदलयात्रीलाई पनि समस्या भएको छ ।
वर्षाका कारण काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केहिबेर उडान-अवतरण प्रभावित भएको थियो । भिजिबिलिटी १५ सय मिटर मात्रै भएकाले ठूला जहाजहरु अवतरण गर्न नसकेर डाइभर्ट भएका छन् ।

मौसमविद सुदन सुवेदीले पनि पानी पर्ने क्रम अझै केहिदिन जारी रहने बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘मनसुन देशभर नै सक्रिय भएको छ, यसले गर्दा पूर्वी तथा पश्चिमी क्षेत्रका स्थानहरुमा भारी वर्षा समेत हुने सम्भावना छ ।’

सबैभन्दा बढी वर्षा भैरहवामा

मौसमविद सुवेदीका अनुसार सबैभन्दा धेरै पानी रुपन्देहीको भैरहवामा परेको छ । शुक्रबार बिहान पौने नौ बजेसम्मको रेकर्ड अनुसार भैरहवामा ९२ मिलिमिटर पानी परेको छ । त्यसपछि काठमाडौं उपत्यकामा २३ मिलिमिटर पानी परेको रेकर्ड छ ।

काठमाडौं उपत्यकामा बिहीबार २४ घण्टाको अन्तरालमा ३५ वर्षपछि कै बढी पानी परेको रेकर्ड कायम भएको छ । सन् १९८० जून ९ मा चौबिस घण्टाको अवधिमा एक सय दशमलव एक मिलिमिटर पानी परेको थियो । त्यसपछि हालै ९५ मिलिमिटर पानी परेको रेकर्ड भएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget