Websoft University

www.radiomakalu.com || 021-522512


दाँत तथा मुखको समस्या पत्ता लगाउने अत्याधुनिक सिटी स्क्यान काठमाडौंमा

dental

काठमाडौं- कान्तिपुर डेन्टल कलेजको शिक्षण अस्पतालले दाँत तथा मुख स्वास्थ्यको समस्या पत्ता लगाउने अत्याधुनिक उपकरण ल्याएको छ । अस्पतालले अनुहारसहित घाँटीको थ्रिडी तस्बिर लिनसक्ने सिबिसिटी (कोन बिम कम्प्युटेड टेमोग्राफ्री) नामको सिटी स्क्यान उपकरण भित्राएको हो ।
दुर्घटनाका कारण अनुहारमा बहु चोट तथा समस्या देखिएका बिरामीका लागि यो उपकरण निकै उपयोगी हुने बताइएको छ । यो उपकरणले दाँत, कान, नाक, घाँटी, लगायत अनुहारका सबै भागको तस्बिर एकैपटक खिच्ने हुँदा समस्या सहजै पत्ता लगाउन सकिने छ । उपकरणले १० सेकेन्डमै स्पष्ट तस्बिर खिच्ने अस्पतालका डेन्टल इन्चार्ज डा. अंकित शाहले बताए ।

डेन्टल सर्जरीका लागि समस्या पत्ता लगाउन उपयोगी यो उपकरणले ९० माइक्रोन रेजुलेसनमा तस्बिर खिच्ने छ । आधुनिक प्रविधि भएका कारण यो उपकरणबाट रेडिएसन समेत निकै कम मात्रामा निस्कने बताइएको छ । उक्त उपकरण फ्रान्समा केयरटन हेल्थले उत्पादन गरेको हो ।

उपकरणले दाँतमा इम्प्लान्ट गर्ने, आरसिटी गर्ने, दुर्घटनाका कारण देखिएका चोट लगायत दाँताको समस्याको विस्तृत विवरण प्रदान गरेर उपचारमा सहयोग गर्ने छ । यो उपकरण नाकको पिनास र कानका समस्याका लागि समेत उपयोगी हुने डा. शाहले जानकारी दिए ।- स्वास्थ्य खबरपत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget