Websoft University

www.radiomakalu.com || 021-522512


२० राजनीतिक दल खारेज हुँदै



काठमाडौं, असार २७ गते । निर्वाचन आयोगले बिभिन्न थप २० वटा दलको दर्ता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । लगातार तीन आर्थिक बर्षसम्म पनि पार्टीको आय-व्यय विवरण नबुझाएको भन्दै आयोगले ती दलहरुको दर्ता खारेज प्रक्रिया अघि बढाएको हो ।


आयोगले गत असार २१ गते ती दलहरुलाई पत्र लेख्दै किन कारबाही नगर्ने भनेर प्रश्न सोधेको छ ।

आयोगले ती दलहरुलाई निर्वाचन ऐन २०६३ को दफा २४ को उपदफा (१) को खण्ड (ख) बमोजिम कारबाही गर्न लागेको हो । उक्त व्यवस्थाअनुसार तीन बर्षसम्म प्रचलित कानुनबमोजिम आयोगलाई बुझाउनु पर्ने विवरण नबुझाएमा राजनीतिक दलको दर्ता खारेज गर्नसक्ने व्यवस्था छ ।

खारेज हुन लागेका दलहरुमध्ये ८ वटा दल पुराना र बाँकी १२ वटा दल २०७० को निर्वाचन प्रयोजनका लागि दर्ता भएका थिए ।

खारेज गर्न लागिएका दलहरुमा नेपाल रिपब्लिक पार्टी, नेपाल जनएकता पार्टी, समाजवादी जनएकता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, बहुजातीय समावेसी पार्टी, नव नेपाल निर्माण पार्टी, राष्ट्रिय शिवसेना पार्टी, तराई-मधेस पहाड हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ऊँसेना नेपाल, नव जनवादी मोर्चा लगायत छन् ।

यस्तै दुई आर्थिक बर्षसम्म आयव्यय विवरण नबुझाएको भन्दै आयोगले ३७ वटा दलहरुलाई स्पष्टिकरण सोधेको छ ।

ती दलहरुमा मधेसी जनअधिकर फोरम (गणतान्त्रिक)देखि राष्ट्रिय जनता दल नेपाल, मधेसी जनअधिकार फोरम मधेस, नेपाल युवा किसान पार्टी लगायत छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget