Websoft University

www.radiomakalu.com || 021-522512


अविश्वासको प्रस्ताव फेल हुन्छः मन्त्री पोखरेल


Aananda-Pokhreal

काठमाडौं, असार ३० गते । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीविरुद्ध पेश गरेको अविश्वासको प्रस्ताव फेल हुने दाबी गरेका छन् ।

कांग्रेस र माओवादीका नेताहरु विदेशीको एजेण्डा बोकेर भरिया बनेको उनको आरोप छ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा एमाले नेता समेत रहेका मन्त्री पोखरेलले भने, ‘आग्रह, पूर्वाग्रह राखेर वर्तमान सरकार ढाल्न अध्याँरो कोठामा अर्काले लेखिदिएको स्क्रिप्ट बोेकेर यहाँ साथीहरु नाँचिरहनुभएको छ, हुनेवाला केही छैन, अविश्वासको प्रस्ताव फेल हुन्छ, यही सरकार अघि बढ्छ ।’

चीनसँगको सम्झौता कार्यान्वयन हुन नदिने षड्यन्त्रसहित अविश्वासको प्रस्ताव पेश भएको उनको दाबी छ । उनले अघि भने ‘सरकारले जनताको पक्षमा दिर्घकालीन हित हुने काम गरेकै कारण हटाउनुपर्ने कारण के हो ?’

वर्तमान सरकार अल्पमतमा परेको भन्ने टिप्पणीको खण्डन गर्दै उनले भने, ‘अल्पमतमा परेको भए किन उहाँहरुले अविश्वासको प्रस्ताव पेश गर्नुभयो ?’ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget