Websoft University

www.radiomakalu.com || 021-522512


यो हल्लै हल्लाको देश हो, सरकार परिवर्तन हुँदैन: प्रधानमन्त्री ओली



काठमाडौं, असार २३ गते   । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन नहुने बरु केही विस्तार हुने बताएका छन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओली । तस्वीर: रासस

भूमिसुधार मन्त्रालयले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले हल्लाका भरमा सरकार परिवर्तन नहुने बताए । उनले भने, ‘यो हल्लै हल्लाको देश हो, अहिले सरकार परिर्वतनको हल्ला मात्र हो ।’

उनले सरकार नफेरिने बरु चाँडै नै विस्तार हुने बताए । विस्तारित सरकारमा कुन-कुन दल हुन्छन् भन्ने चाहिं प्रष्ट पारेनन् । प्रधानमन्त्री ओलीले अघि भने, ‘अलिकति परिर्वतन हुन्छ, फेरिने होइन, विस्तार हुन्छ’ उनले अघि भने, देशले अलिक बुझेको छ कुरा । त्यसकारण देश बुझेर अगाडि बढ्छ, दायाँ, बायाँ हट्दैन ।’

प्रधानमन्त्री ओलीले जमिनको उपयोगदेखि सुकुम्वासी समस्या दीगोरुपमा समाधानका लागि शक्तिशाली आयोग गठन गर्न आवश्यक रहेको बताए । सुकुम्वासीहरुलाई आवासको व्यवस्थापन गर्नेदेखि कृषियोग्य जमिनमा आधुनिक प्रविधि अपनाएर उत्पादकत्व बढाउने गरी काम गर्नका लागि शक्तिशाली आयोग आवश्यक रहेको उनले बताए ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget