Websoft University

www.radiomakalu.com || 021-522512


झापाका अधिकांश क्षेत्रमा डुबान, १ सय ९८ विस्थापित

badhi_jhapa1 (4)


झापा, साउन ९ गते । केही दिन यता निरन्तर परिरहेको अविरल वर्षाका कारण झापामा दजनौं घर डुबानमा परेका छन् । सयौं विस्थापित भएका छन् ।

आइतबार विहान भद्रपुर नगरपालिका-५ भएर वग्ने मेची नदीमा पानीको बहाव बढ्दा १ सय १ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारहरुलाई प्रहरी र रेडक्रसको सक्रियतामा भद्रपुर उच्च माविमा सारिएको छ ।

त्यस्तै, भद्रपुर-१० र ११ मा गरी ४० घर डुबानमा परेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले जनाएको छ । त्यहाँ एक घर विस्थापित भएको जनाइएको छ ।

यस्तै, घेराबारी-५ मा १३ घर डुबानमा परेका छन् । उनीहरु सुरक्षित स्थानमा सर्न नसकेपछि अहिले स्थानीय डुङ्गा प्रयोग गरेर सुरक्षित स्थानमा सार्ने काम भइरहेको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

त्यसै गरेर, विर्तामोड नगर क्षेत्र भएर बग्ने अन्दुवा खोलामा पानीको बहाव बढेर मानव वस्तीमा पस्दा ११ घर डुबानमा परेको नेपाल रेडक्रसले जनाएको छ ।

जिल्लाको विर्तामोडसहित भद्रपुर, चकचकी, घैलाडुब्बा, घेराबारी लगायतका क्षेत्र समेत डुबानमा परेका छन् । रेडक्रसले जनाए अनुसार चकचकी-८ मा २५, चकचकी-१ मा ८ र घैलाडुब्बामा ५० घर डुबानमा परेको छ ।

अनलाइनखबरलाई शनिबार साँझसम्म प्राप्त रेकर्ड अनुसार झापामा विस्थापित हुने घरपरिवारको सङ्ख्या ९६ थियो । योसँगै अब जिल्लामा विस्थापित हुने घरपरिवारको सङ्ख्या १ सय ९८ पुगेको छ ।-गौरव पोखरेल,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget