न्युरोडमा बस्थे उनी । घरनजिकै वीर अस्पतालका तत्कालिन चिकित्सक जितसिंह मल्लको क्लिनिक थियो । बिरामीहरुको निःशुल्क सेवा गर्थे जितसिंह । त्यसैले त्यो क्लिनिकमा बिरामीहरुको भीड लाग्थ्यो । बिहान, बेलुकी सधैं त्यही माहौल देख्थे । जसले पनि जितसिंह मल्लकै नाम लिएको सुन्दा उनको मनमा लाग्थ्यो, मैले पनि यसैगरी बिरामीको सेवा गर्न पाए ? यही कुराले उनको मष्तिष्कमा डाक्टर बन्ने विचारको विजारोपण भयो ।
डाक्टर बन्न उनलाई अर्को घटनाले पनि उत्प्रेरित ग¥यो । उनी दरबार स्कुल पढ्दाको ताका थियो । काठमाडौंमा हैजाको महामारी फैलियो । भक्तपुरमा १७ जना मानिसले ज्यान गुमाए । त्यसबेला अहिलेको पाइलैपिच्छे स्वास्थ्य संस्था थिएनन् । मानिसमा पनि स्वास्थ्यसम्बन्धी चेतना थिएन । धामीझाँक्री र परम्परागत वैद्यहरु नै नागरिकका आस्थाका प्रतिक थिए । बिरामी परिवारका सदस्यहरु रोग उपचार गराउनतिर भन्दा देवीदेवताको पूजाआजा गर्ने, दशा पन्छाउने या धामीझाँक्रीतिर लाग्थे । यिनै परिस्थितिले पनि उनको किशोर मानसपटलमा डाक्टर बनेर रोगीहरुको उपचार गर्ने चेतना स्थापित ग¥यो ।
विसं १९८८ सालमा काठमाडौंको ओटु टोलमा जन्मिए । राणाशासन उत्कर्षमा पुगेको बेला तिनताका मुलुकमा न रेडियो थियो, न टेलिभिजन । हवाईजहाज, टेलिफोन त कसैले सुनेको पनि थिएन या मानिसहरुको कल्पनाबाहिरको कुरा थिए ती । शिक्षा सर्वसुलभ हुने कुरै थिएन । सीमित विद्यालय थिए । मानिसहरु कि व्यापार गर्थे कि राणाकहाँ जागिर गर्न । तलब पकाउन चाकडी गर्ने जमाना थियो । त्यस्तो बेलामा उनी डन्डीबियो, गुच्चा खेलेरै हुर्किए ।
दरबार स्कुलमा एकैपटक ५ कक्षामा भर्ना भए । दरबार स्कुल अहिले सरकारी तवरबाट बेवास्तामा परेको छ । यहीकारण घट्दो गुणस्तरले अचेल दरबार स्कुल भनेपछि नाक खुम्च्याउनुपर्ने अवस्था छ । तर तिनताका दरबार स्कुलमा पढ्न सोर्सफोर्स लगाउनुपथ्र्यो । परिवारकै भनसुनमा त्यहाँ भर्ना भएका थिए उनी । एसएलएलसीपछि के पढ्ने भन्ने द्विविधि भएपनि साइन्स पढ्नुपर्छ भन्ने उनलाई लागेको थियो । घरनजिकैका डाक्टर जितसिंह मल्लको क्लिनिकमा देखेको माहौलले पनि उनले डाक्टर बन्न आइएस्सी नै भर्ना हुने निधो गरे । उनको विचारलाई परिवारले पनि साथ दियो । सम्झन्छन्, ‘त्यतिबेला साइन्स पढ्न पाउनु जीवनकै ठूलो खुशी थियो ।’ २००४ भदौको महिनातिर त्रिचन्द्रमा भर्ना भए । त्रिचन्द्रबाट आइएस्सी गरेपछि डाक्टरी पढ्न सजिलो थिएन । तर पारिवारिक पृष्ठभूमिले साथ दियो । पिता दरबारमा काम गर्नुहुन्थ्यो । माइलो काका पछि अर्थसचिवसम्म हुनुभयो, कान्छो काका नेपाल बैंकको पहिलो म्यानेजर हुनुभयो । उहाँहरुकै भनसुनले त्यतिबेला दरबारका लागि आएको कोटामा उनी कलकत्तामा एमबीबीएस पढ्न जान पाए ।
सन् १९५० तिर उनी कलकत्ता गए । त्यतिखेर कलकत्ता चार दिन लगाएर पुगेका थिए उनी । त्यसअघि काठमाडौंबाहिर त्यति ननिस्किएका उनले हिडेर जान पाउँदा निकै रमाईलो अनुभूति गरे । कलकत्ता मेडिकल कलेजमा भर्ना भए । त्यतिखेर चिकित्साशास्त्रका उनका सहपाठी नेपालीहरुमा मोहनगोपाल वैद्य, नारायणकेशरी शाह, अन्जनीकुमार शर्मा, रत्नप्रसाद लोहनी, तेजसिंह मल्ललगायत थिए । नेपालीवाहेक त्यहाँ भारत, बंगलादेश, भुटान, श्रीलंकाका विद्यार्थी पनि भेटे उनले ।
त्यो समय पश्चिम बंगालमा आन्दोलन चर्किरहेको थियो । मान्छेहरु राता झण्डा लिएर हिड्थे । जताततै टियरग्याँस चल्थ्यो । उनीहरु भने वेलिङगटन स्क्वायरबाट हेर्थे । बीसी रोय भन्ने एकजना चर्चित डाक्टर थिए । डा. रोय वार्डमा घुम्दा ‘सुँघेरै रोग पत्ता लगाउन सक्छन्’ भन्ने मिथक नै फैलिएको थियो त्यति बेला । तर त्यो समयको आन्दोलनको माहौलमा डा. रोय पछि राजनीतिमा लागेर पश्चिम बंगालका दोस्रा मुख्यमन्त्री भए । बीसी रोय यति चर्चित फिजिसियन थिए कि उनी दुई महिना तीन महिनामा एफआरसीएस र एमआरसीपी गर्ने केही डाक्टरमा पर्छन् । उनको जन्म र मृत्युको दिन जुलाई १ लाई भारतमा नेशनल डक्टर्स डे पनि मनाउने गरिन्छ ।
पढाई र तालिमका क्रममा दिल्लीको ‘इर्बिन अस्पताल’ मा रेजिडेन्ट हाउस सर्जन भई एक वर्ष काम गरे । उनले त्यहाँ डा. उधमसिंह र डा. एनएल प्रमाणिकबाट शल्यचिकित्सासम्बन्धी ज्ञान र सीप सिके । सन् १९५७ मा नेपाल फर्किए ।
पढाई र तालिमका क्रममा दिल्लीको ‘इर्बिन अस्पताल’ मा रेजिडेन्ट हाउस सर्जन भई एक वर्ष काम गरे । उनले त्यहाँ डा. उधमसिंह र डा. एनएल प्रमाणिकबाट शल्यचिकित्सासम्बन्धी ज्ञान र सीप सिके । सन् १९५७ मा नेपाल फर्किए । त्यतिखेर नेपालमा वीर अस्पताल र त्रिभुवनचन्द्र मिलिटरी अस्पतालमात्र थियो । तिनमा जागिर खान कि त दरबन्दी खाली हुनुपथ्र्यो, कि सोर्सफोर्स हुनुपथ्र्यो । तत्काल जागिर पाउने अवस्था नभएकाले खाली बस्न उनको मनले मानेन । त्यसैले स्वास्थ्य मन्त्रालयमा आग्रह गरेर वीर अस्पतालमा निःशुल्क काम गर्ने निर्णय गरे । त्यसबेला बीर अस्पतालमा भरत वैद्य, लक्ष्मीनारायणप्रसाद, दिनेशनाथ गोंगललगायतका आधादर्जनजति मात्र डाक्टर थिए ।
तिनताका वीर अस्पतालले बिरामीसंग शुल्क लिदैंनथ्यो । औषधि पनि अहिलेजस्तो चक्की र क्याप्सुल हुँदैंनथे । सबै रोगको औषधि झोल र मल्हमको रुपमा आउथे । औषधिको नाम लेख्ने कागज पनि पर्याप्त थिएन । बिरामीको हातमा औषधिको नाम लेख्नुपथ्र्यो । बीर अस्पतालमा निःशुल्क काम गरिरहेका बेला एकदिन उनले सुने –आर्मी अस्पतालमा डाक्टर आवश्यक छ रे । उनले निवेदन दिए । नाम निस्कियो पनि । वीर अस्पतालमा उनले जम्माजम्मी ६ महिना सेवा गरे ।
आर्मी अस्पतालमा उनले सेनाको कप्तानको रुपमा जागिर सुरु गरे । आर्मी अस्पतालमा जागिर खाएपछि सैन्य तालिम अनिवार्य थियो । त्यसैले उनले सेनाले दिने विभिन्न तालिम पनि लिए । आर्मी अस्पतालमा उनले जागिर सुरु गर्दा विरेन्द्रबहादुर बस्नेत, पुष्पदास श्रेष्ठ, रुवीजंग राणा, शम्शेरजंग थापालगायतका डाक्टरहरु पनि थिए । त्यसको केही समयमै उनी नाक कान घाँटी रोगमा एमडी पढ्न बेलायत गए । त्यहाँ काम गर्ने अवसर पनि पाएका थिए । तर भन्छन्, ‘घर सम्झेर फर्किएँ ।’ सन् १९६५ मा इएनटी विशेषज्ञ भएर नेपाल फर्किए ।
त्यतिबेला डा. लक्ष्मीनारायणप्रसाद मात्र नेपालमा इएनटी विशेषज्ञका रुपमा थिए । त्यतिन्जेलसम्म नेपालभरकै नाक कान घाँटीका केस सबै डा. प्रसादले मात्र हेर्थे । डा. राजभण्डारी नेपालका दोस्रा इएनटी विशेषज्ञका रुपमा स्वदेश फर्किएका थिए । फर्केपछि पुनःसैनिक अस्पतालमै आबद्ध भए । त्यतिबेलासम्म सैनिक अस्पतालमा इएनटी विभाग थिएन । उनले नेपाल फर्कदा इएनटी उपचारमा प्रयोग हुने सामान पनि किनेर ल्याए । किनभने नेपालमा ती सामान उपलब्ध थिएनन् ।
त्यतिबेला डा. लक्ष्मीनारायणप्रसाद मात्र नेपालमा इएनटी विशेषज्ञका रुपमा थिए । त्यतिन्जेलसम्म नेपालभरकै नाक कान घाँटीका केस सबै डा. प्रसादले मात्र हेर्थे । डा. राजभण्डारी नेपालका दोस्रा इएनटी विशेषज्ञका रुपमा स्वदेश फर्किएका थिए । फर्केपछि पुनःसैनिक अस्पतालमै आबद्ध भए । त्यतिबेलासम्म सैनिक अस्पतालमा इएनटी विभाग थिएन । उनले नेपाल फर्कदा इएनटी उपचारमा प्रयोग हुने सामान पनि किनेर ल्याए । किनभने नेपालमा ती सामान उपलब्ध थिएनन् । सामान नै नभएको अवस्थामा यहाँ अभ्यास पनि गर्न नपाइने अवस्था थियो । यही कुरालाई सम्झदैं उनले सामान पनि ल्याएका थिए । उनले सैनिक अस्पतालमा छुट्टै इएनटी युनिट खडा गरे, जसको धेरैले प्रशंसा गरे । यस्तै, उनले हरेक इएनटी बिरामीको विवरण राख्न अलग्गै अभिलेख फाँट, बिरामीका शल्यक्रिया गरिएका अंगको नमुना निकालेर सुरक्षित राख्ने कार्यको पनि सुरुवात गराए । यतिमात्र नभई सेनाका जवानहरुलाई इएनटी विषयमा तालिम दिएर दक्ष बनाउने र बिरामीको सेवामा लगाउने काम पनि उनले थालनी गराए ।
सैनिक अस्पतालमा उनले ५६ वर्षको उमेरसम्म जागिर खाए । त्यसक्रममा कर्णेलसम्म भए । पछि अस्पतालले करारमा भएपनि सेवालाई निरन्तरता दिन आग्रह ग¥यो । तर उनी गएनन् । सेवाका क्रममा उनले तत्कालिन राजा महेन्द्र, वीपी कोइराला, बसुन्धरा शाह, तत्कालिन युवराजाधिराज दीपेन्द्र, तत्कालिन रानी कोमललगायत थुप्रै विशिष्ट व्यक्तिको उपचार गरे ।
एकदिन उनी बिदामा बसेका थिए । सन्चो नभएर घरमै सुतिरहेका थिए । त्यति नै बेला उनलाई सूचना आयो, ‘एकजना भीआइपीको उपचार गर्नुपर्ने भयो, तुरुन्त आउनु ।’ सन्चो नभएपनि उनी सकी नसकी अस्पताल पुगे । अस्पतालमा ठूलो भीड लागेको थियो । उनले पुष्पदास श्रेष्ठ भन्ने एनेथेसिस्टको सहयोग लिर अपरेशन गरे । त्यसबीचमा उनलाई बिरामी को थियो भनेर भनिएको थिएन । पछि थाहा भयो, बिरामी त तत्कालिन रानी रत्नका भाई हरिशमसेरका छोरा सुशील शमसेर रहेछन् । शिकार खेल्न जाँदा ढुकरको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएको रहेछ । अपरेशन गर्ने क्रममा उनलाई तारन्तार फोन आइरह्यो दरबारबाट । विमानस्थलमा विमान तयारी अवस्थामा राखिएको रहेछ, उपचारका लागि बाहिर लैजान ।
उनलाई बिरामी को थियो भनेर भनिएको थिएन । पछि थाहा भयो, बिरामी त तत्कालिन रानी रत्नका भाई हरिशमसेरका छोरा सुशील शमसेर रहेछन् । शिकार खेल्न जाँदा ढुकरको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएको रहेछ । अपरेशन गर्ने क्रममा उनलाई तारन्तार फोन आइरह्यो दरबारबाट । विमानस्थलमा विमान तयारी अवस्थामा राखिएको रहेछ, उपचारका लागि बाहिर लैजान ।
उनले सेवा अवधिभर दुईवटा प्रमुख कार्य गरे । एउटा कानको माइक्रो सर्जरी नेपालमै पहिलोपटक गरे भने अर्को इन्डोस्कोपी पनि उनैले सुरु गरे । त्यसैगरी उनकै पहलमा सैनिक अस्पतालमा इएनटीको छुट्टै ओपीडी टिकटको व्यवस्था गरियो ।
सैनिक अस्पतालबाट सेवाबाट अवकाश पाउनुअघि नै उनलाई महाराजगन्जस्थित शिक्षण अस्पतालबाट आग्रह आइसकेको थियो, भिजिटिङ लेक्चररको रुपमा काम गर्न । किनभने शिक्षण अस्पतालको इएनटी विभाग सैनिक अस्पतालको भन्दा पूरानो थियो । त्यसअघि पनि इएनटीको पाठ्यक्रम बनाउन उनी संलग्न भएका थिए । त्यहाँ ४ वर्ष काम गरे । त्यसपछि २०५७ तिरक्षेत्रपाटी निःशुल्क चिकित्सायलयमा आबद्ध भएर इएनटी विभाग खोले । त्यहाँ एक वर्ष काम गरे । तर अहिलेपनि सल्लाहकारको रुपमा त्यहाँ काम गरिरहेका छन् ।
पूरा भएको सपना
सैनिक अस्पतालमा लामो समय काम गर्दा र शिक्षण अस्पतालमा भिजिटिङ लेक्चररको रुपमा कार्यरत रहँदा रिंगटा लाग्ने समस्याबारे परीक्षण गर्ने प्रविधिको अभावलाई अनुभव गरेका थिए । कसैलाई रिंगटा लाग्दा डायग्नोसिस मेसिन अभावमा हड्डीरोग विशेषज्ञ, न्युरोलोजिष्ट, कान रोग विशेषज्ञ, जसले पनि हेर्नुपर्ने अवस्था थियो । त्यसैले २० वर्षअघि उनले अठोट गरेका थिए– इएनटीको क्षेत्रमा केही गर्नैपर्छ भनेर । अनि त्यही सपनालाई पूरा गर्न पैसा पनि जम्मा गर्दै गए । मानिसको जीवन हो, कहिले के हुन्छ निश्चित छैन । त्यसैले सकेसम्म चाँडै गर्नुपर्छ भन्ने उनलाई लागेको थियो । उनले सहकर्मी–साथीहरुसंग सल्लाह गरे । ल्याब राख्ने निधो भयो । अन्ततः उनले आफ्नो विहेको ५० वर्ष पुगेको अवसरमा ल्याब हस्तान्तरण गरे । जसलाई उनको ३८ लाख रुपियाँ लगानी परेको छ । भन्छन्, ‘२० वर्षदेखिको सपना पूरा भएको छ, निकै खुशी लागेको छ, यो ल्याब अब दीर्घकालसम्म चलिरहोस् र यसले अनुसन्धानकर्ता, चिकित्सक र बिरामी सबैलाई सेवा दिओस् भन्ने लागेको छ ।’
उनले आफ्नो विहेको ५० वर्ष पुगेको अवसरमा ल्याब हस्तान्तरण गरे । जसलाई उनको ३८ लाख रुपियाँ लगानी परेको छ । भन्छन्, ‘२० वर्षदेखिको सपना पूरा भएको छ, निकै खुशी लागेको छ, यो ल्याब अब दीर्घकालसम्म चलिरहोस् र यसले अनुसन्धानकर्ता, चिकित्सक र बिरामी सबैलाई सेवा दिओस् भन्ने लागेको छ ।’
तर अझैं पनि कानको उपचारका लागि यथेष्ट उपकरण नभएको उनको अनुभव छ । भन्छन्, ‘सरकारले कानको उपचारका लागि चाहिने सामानको बन्दोबस्त गर्नुपर्छ, डाक्टरले पनि बिरामीलाई राम्रोसंग हेर्नुपर्छ, अनि बिरामीपनि आफ्नो उपचार सेवामा ढुक्क हुने अवस्था पाउनुपर्छ । विभाग भएर मात्र पुग्दैन, आवश्यक सामान सबै हुनुपर्छ ।’
बिरामी र डाक्टरको सम्बन्ध
उनलाई लाग्छ– बिरामी र डाक्टरको सम्बन्ध बाबु–छोराभन्दा पनि ठूलो हुनुपर्छ । यो विश्वासको सम्बन्ध हो । डाक्टरले बिरामीसंग राम्रोसंग कुरा ग¥यो भने आधा रोग निको हुन्छ । बिरामीलाई डाक्टरले कहिल्यै ढाँट्नु हुँदैंन । आफूबाट हुँदैंन भने अन्य विज्ञकहाँ पठाउनुपर्छ । भन्छन्, ‘मन्दिरमा गएरमात्र धर्म हुँदैंन, भगवानलाई कोठामै बसेर पनि पूजा गर्न सकिन्छ, त्यो धर्म कमाउने बाटो भनेकै मानिसको सेवा हो । सानो कुराले पनि बिरामीको अनुहारमा खुशीको लहर ल्याउन सकिन्छ ।’डाक्टरहरुलाई उनको सल्लाह छ ,‘बिरामीको सेवालाई प्राथमिकता दिनुस्, पैसाको पछाडि नदौडनुस् ।’
आठ दशक लामो जीवनयात्राका क्रममा उनको सम्पूर्ण सोच, चिन्तन र पलहरु चिकित्सा सेवामा नै बित्यो । भन्छन्, ‘यो उमेरमा आएर पनि मलाई लाग्छ, चिकित्सा सेवाबाहेक दुनियाँमा मेरो मन रमाउने अर्को कुनै ठाउँ नै छैन, मलाई इश्वरले यसैका लागि जन्मायो, यसैले चिनायो र यसैले बाँच्न सिकायो । मेरो र चिकित्सा बीचको सम्बन्ध हाड र मासुको छ ।’ यही भएर १२ वर्षअघि ओपनहार्ट सर्जरी र बन्द भएको घाँटीको नसाको अपरेशन गरिसकेका भएपनि उनी अहिले त्रिपुरेश्वरमा आफूप्रति सम्मान जनाउने बिरामीहरुको उपचार गरिरहेका भेटिन्छन् । उनको अहिलेको सेवा व्यवसायिक छैन । तर आफूप्रति विश्वास गरेर जचाँउन आउनेहरुलाई जाँच्छन् । भन्छन्, ‘म भ्याउँदिन भन्दा पनि तपाईंलै नै जाँचिदिनुप¥यो भनेर आउछन् ।’-
आत्मवृतान्त: डा. पुरुषोत्तम राजभण्डारी,स्वास्थ्य खबरपत्रिका
Post a Comment