Websoft University

www.radiomakalu.com || 021-522512


पच्चिस टन मह उत्पादन, मह बेचेरै दुई करोड ५० लाखको कारोबार


बागलुङ, असार १७ गते । जिल्लामा यस वर्ष २५ टन मह उत्पादन भएको छ ।

व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वृद्धि भएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार मह बेचेर किसानले करिब रु दुई करोड ५० लाखको कारोबार गरेका छन् । प्रतिकिलो रु नौ सयदेखि रु एक हजारसम्ममा मह बिक्री हुने गरेको छ ।

गत आवमा जिल्लाका २० जना व्यावसायिक मौरीपालक किसानले रु एक लाख ८० हजारका दरले सरकारी अनुदान पाएका थिए । बर्सेनि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मौरीका घार वितरण गर्दै आएको कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जिल्लाभर करिब तीन हजार उन्नत घारमा मौरीपालन भइरहेको छ । परम्परागत घारमा मौरी पाल्ने किसानको सङ्ख्या यकिन छैन । उत्पादन भएको मह जिल्लाभित्रै खपत हुने गरेको छ । मौरीघारमा दिइएको सरकारी अनुदानले किसान उत्साहित छन् । कार्यालयले यस वर्ष २५ प्रतिशत अनुदानमा पाँच सय घार वितरण गरेको छ । किसानले रु दुई हजार छ सय पर्ने घार रु रु एक हजार ९५० मा पाउने गरेका बताइएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget