Websoft University

www.radiomakalu.com || 021-522512


राजनीति र युवापुस्ता

Pawan Photo
इन्जिनियर पवनराज फुयाल
भनिन्छ– राजनीति समाजका सम्पूर्ण नीतिको मूल नीति हो । आजको भुमण्डलीकृत विश्वमा समाजका आ–आफ्नै भौगोलिक, आर्थिक, सांस्कृतिक, सामाजिक, कूटनीतिक र मनोवैज्ञानिक विशिष्टता विद्यमान हुन्छन् । यिनै विशिष्मटतालाई समयसापेक्ष, प्रगतिशील, गतिशीलता प्रदान गर्न अहम् भूमिका खेल्ने निर्देशक सिद्धान्त नै एक नीति मान्न सकिन्छ । यही सिद्धान्तका आधारमा रहेर समाज र देशलाई हा“क्ने नीति नै राजनीति हो । यस अर्थमा राजनीति वैज्ञानिक, प्रगतिशील र गतिशील हुनुपर्छ । फेरि यिनै सिद्धान्तका आधारमा समाजमा हरेक समय चिन्तन र वाद निरन्तर विकसित भइरहेका हुन्छन् । जसलाई समयानुकूल परिभाषित र परिष्कृत गर्दै अनुशरण गर्ने गरिन्छ । आजको राजनीति यस्तै वाद–उपवाद र दर्शनमा चलेको छ भन्दा उपयुक्त होला ।

हाम्रो समाजमा परम्परागत धार्मिक मू्रल्य र मान्यतामा आधारित पूर्वीय हिन्दु संस्कारका विदुर नीति, चाणक्य नीति र कौटिल्यको अर्थनीति आदि राजनीतिका मुख्य स्रोत हुने गर्थे तर समाज र चिन्तनको विकास स“गस“गै नया“–नया“ दर्शन थपिएका छन् । आजको विश्व राजनीति पनि यही सेरोफेरोमा खडा छ । नेपालमा पनि विभिन्न विचारसमूह र वादका नाममा थुप्रै राजनीतिक दल स्थापित भएका छन् । खासगरी, आजको विश्वराजनीति समाजवाद र पु“जीवादको सेरोफेरोमा ध्रवीकृत छ । यिनै दर्शनका नाममा खुलेका राजनीतिक दल प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा फस्टाउ“दा छन् । राजनीतिले नै देश हा“क्ने नेतृत्व उत्पादन गर्ने हु“दा राजनीति क्षेत्र खास चासो र महत्वपूर्ण मानिन्छ । तर पनि आधुनिक नेपालमा प्रजातान्त्रिक व्यवस्था विकसित भएपछिको अवस्थालाई नियालेर हेर्ने हो भने राजनीतिक क्षेत्र सबैभन्दा बदनाम बन्न पुगेको छ । किनकि राजनीति व्यवस्था पनि एकपछि अर्काे पुस्तामा हस्तान्तरण हुने भएका कारण जे हिजोको पुस्ताले देख्यौ“, जे सिक्यो र जुन व्यवहारको परिपाटी विकास भयो त्यो नै आजको राजनीतिक दर्शनमा प्रतिविम्बित बनेको हुन्छ । यसमा समग्र समाजका परिवर्तनका संवाहक युवा पुस्ताको भूमिका र योगदान अहम् हुने गर्छ । युवा नै देशको भविष्य हुन् । देशका समृद्धिका खम्बा हुन् । तसर्थ पनि देशले हरेक क्षेत्रमा युवाउपर ठूलो अपेक्षासाथ लगानी गरेको हुन्छ ।

यसरी देशका हरेक क्षेत्रमा योगदानको आवश्यकता रहने युवामा बेलैदेखि शैक्षिक ज्ञानका साथसाथै राजनीतिक ज्ञान पनि प्राप्त हुन जरुरी छ । तर, हाम्रो देशमा राजनीतिलाई नितान्त समाजसेवा र राष्ट्रहितभन्दा पनि व्यक्तिगत, संस्थागत निहित सत्ता स्वार्थमा बढी प्रयोग गरिएका कारण राजनीतिक क्षेत्र स्वयम्लाई धुमिल बनाइएको छ । जसकारण जनतामा सदाका लागि निराशा पैदा भएको छ । सामान्य जनमानसमा एकातिर राजनीति नै देशको निर्विकल्प र विशिष्ट संयन्त्र हो भन्ने भान परेको छ । अर्कोतिर देश कैयौं वर्षदेखि अस्थिरताको भुमरीमा परेर चाहेको प्रगतिपथमा अगाडि बढ्न नसक्नु, भ्रष्टाचार, सामाजिक अपराध, बेरोजगारीजस्ता दरिद्रतामा फस्नुका कारण पनि यही अस्वस्थ्य राजनीति नै हो भन्नेमा द्विविधा छैन । वास्तवमा भन्ने हो भने देशमा आधुनिक प्रजातान्त्रिक अभ्यास सुरु भएको बितेका ५०÷६० सालसम्मै देशमा सम्पन्नताको बाढो समाउन आवश्यक पर्ने स्थिरता देखिएको छैन ।

यसो हु“दाहु“दै पनि हामीले हाम्रो युवा पुस्तालाई सही मार्गनिर्देशन गर्न अत्यन्तै जरुरी भएको छ । खासगरी आज हामी जुन धरातलमा छौ“, यसको गाम्भीर्यताले तलका निम्न विषयमा युवालाई सुसूचित र निपुण बनाउनुपर्ने देखिन्छ ।

व्यावहारिक शिक्षा

व्यक्ति र राष्ट्र धनी बनाउने सबैभन्दा मुल्यवान् माध्यम शिक्षा नै हो । नेपालले पनि शिक्षामा प्रशस्तै लगानी गरेको छ भन्ने कुरा प्रस्टै छ । तर पनि हाम्रो शिक्षा प्रणालीमा आमूल परिवर्तन ल्याउन जरुरी छ । ठोस रुपमा भन्नुपर्दा नेपाली धरातल सुहाउ“दो र विश्व परिधिभित्र अटाउ“दो शिक्षाको खा“चो छ । अझ बुझ्नेगरी भन्नुपर्दा व्यावहारिक शिक्षामा हामी धेरै तल छौ“ । फलस्वरूप बर्सेनि लाखौ“ लाख अनुत्पादक र बेरोजगार युवा थपि“दो छन् । जसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा त परेकै छ । त्योभन्दा पनि बढी यही वर्गको युवा नै राजनीतिमा आकर्षित भएको पाइएको छ । यस्तै वर्गको प्रतिनिधित्व हामी आजको राजनीतिक पुस्तामा सजिलै देख्न सक्छौ“ । बा“की रहेको ठूलो दक्ष जनशक्ति पनि विदेश पलायन हुनपुग्छ । यसर्थ ज्ञानमात्रै होइन, सीपमूलक शिक्षामा जोड दिई निश्चित अवधिको शिक्षा प्राप्त गरेपछि ऊ कागजी ज्ञानमात्रै होइन, स्वरोजगार पनि बन्न सकोस् । यस्तो जनशक्तिले नै राजनीतिलाई पनि समाजसेवाका रुपमा लिन सक्छ । कम्तीमा आधुनिक कृषिप्रणाली र पर्यटन व्यवसायसम्बन्धी विषयलाई पाठ्यक्रममै समावेश गरी विद्यालयस्तरमै अनिवार्य गर्दा प्रभावकारी हुने देखिन्छ । यसका साथसाथै हालको शिक्षा क्षेत्रमा व्याप्त विकृत राजनीतिक हस्तक्षेप र संलग्नतालाई पनि व्यवस्थापन गर्न जरुरी छ ।

स्वअध्ययन

अर्काेतिर युवावर्गमा स्वअध्ययनको पनि कमी रहेको पाइन्छ । विद्यालय शिक्षामा संलग्न पाठ्यपुस्तकमात्रै नभएर विभिन्न ज्ञानगुण, जीवनदर्शन, अध्यात्मलगायत कला, साहित्य, मनोरञ्जन, इतिहास, अर्थव्यवस्था र राजनीतिक दर्शन आदि विविध विषयवस्तुका पुस्तकको निरन्तर अध्ययन गर्न आवश्यक छ । हामीकहा“ राजनीतिकस्तरमा आफूले अनुशरण गरेको राजनीतिक विचारधाराका केही खास चिन्तनमाथि मात्रै ध्यान दिइन्छ, जसले गर्दा व्यक्तिमा राजनीतिक अपरिपक्वता हाबी हुन पुग्छ । विनाअध्ययन अरूको पछि लाग्ने, अरूको कुरा सुन्ने या भना“ै आफूभन्दा अग्रज नेताको चाकरी–चाप्लुसी गर्दै झोला बोकेर पछि लाग्ने संस्कारलाई राजनीतिको प्रवेशद्वार बनाउनेको भीड छ, नेपाली राजनीतिक क्षेत्रमा । यस्तै वातावरणको छत्रछाया“मा जुनसुकै आपराधिक क्रियाकलापको आरोपमा कैयौ“ वर्ष जेल बस्ने सर्वोत्कृष्ट त्यागी नेताका रुपमा नया“ अवतारमा देशकै अभिभावक नेतृत्वका रुपमा देखापर्छन् । अनि यही जमातलाई आजको युवापुस्ता रोलमोडल र राजनीतिक दर्शन मानेर पछि लागेको छ । हुन पनि आजको देश सम्हाल्ने पदमा पुग्ने योग्यताको आधार नै यस्तै कथित जेलनेल र चाप्लुसीवाला त्याग बनेको छ ।

नेपालको सन्दर्भलाई हेर्ने हो भने राजनीतिको मूलधारमा दुईप्रकारका सदावहार शक्ति स्थापित छन् एउटा कम्युनिस्ट, अर्काे कांग्रेस । माक्र्सवादी लेनिनवादी सिद्धान्तका अनुयायी कम्युनिस्ट माक्र्सवाद र लेनिनवादले के भन्छ भन्दा पनि माक्र्सले के भन्नुहुन्थ्यो, लेनिन र माओले के भन्नुभएको थियो एक–दुई कथन र तुक्का सम्झनुलाई आदर्श मान्छन्न् । उता, कांग्रेसका अधिकांश कार्यकर्तालाई दाबीसाथ भन्न सकिन्छ पार्टीको ठोस सिद्धान्तबारे ज्ञान नै छैन तर गान्धी र बीपीले यसो भन्नुभएको थियो, उसो गर्नुभएको थियो मात्रै जाने हुन्छ भन्ने कुरामा विश्वास राख्छन् । यसबाट पाठ सिकेर आजको बदलि“दो परिस्थितिमा युवाले अध्ययन र स्वअध्ययनका माध्यमबाट आफ्नै भिजनसहितको स्वच्छ राजनीतिक परिपाटीको सुरुवात गर्दै हिजोको पुस्ताको पछि लाग्नेभन्दा उनीहरूबाट सकारात्मक पाठ सिक्दै र आफूले अ“गालेको विचारधाराको मूलभूत आदर्शलाई पनि आत्मसात् गर्दै उनीहरुलाई नै आजको परिस्थिति अनुकूल हि“डाउन सक्नुपर्छ ।

नैतिक शिक्षा

राजनीतिको अर्काे अती महत्वपूर्ण पाटो हो– नैतिकता । वास्तवमा आजको सिंगो राजनीतिक क्षेत्रले जनविश्वास गुमाउनुको मुख्य कारण नै नैतिकता हो । सामाजिक नैतिक हैसियत शून्य भएका, भ्रष्ट आचरणका कारण सामाजिक रूपमै बहिष्कृत दलबल र पैसाको आडमा सत्ता र शक्तिका सदावहार खेलाडी बनेका छन् । हुन पनि राज्यले भ्रष्टाचारी भनेर कैयौंपटक जेल परेका जेलबाट छुट्दा सयौ“ किलोको माला लगाएर स्वागत गर्ने संस्कार छ– हामीस“ग । जबसम्म व्यक्ति स्वयम् भित्र नैतिकता रह“दैन तबसम्म समाज र राजनीति स्वच्छ हुनै सक्दैन । राज्यबाट पनि नैतिक शिक्षालाई विद्यालयदेखि नै अनिवार्य गर्न सकेमा युवा पुस्ता नैतिकवान् र इमानदार बन्न सक्नेछन् । नैतिकताले मानिसलाई अनुशासित, इमानदार र कर्तव्यबोध पनि गराउ“छ । हाम्रो देशको राजनीतिक क्षेत्रमा नैतिकताको खडेरी पर्नका कारण नै भ्रष्टाचार, कमिसनतन्त्र र सामाजिक अपराध छरपस्ट भएका हुन् ।

नेतृत्व कौशल

सबै कुराको ज्ञान र सीपमात्रै भएर पनि एउटा दक्ष नेतृत्वमा हुने गुण पूर्ण नहुन सक्छन् । एउटा असल राजनीतिज्ञ हुनका लागि व्यक्तिमा कुशल समन्वयकर्ता, अग्रसर, निडर व्यक्तित्व, मृदुभाषी, चतुर, दूरदर्शिता, मूल्यांकन र निर्णय क्षमता, शालीनता, पारदर्शिता, धैर्यता, इमानदारी, नैतिकता, सकारात्मक चिन्तन, सहअस्तित्वको भावना, प्रकृति प्रेम आदिजस्ता गुण हुन अत्यावश्यक छ । चातुर्यता देखाउने नेताको कमी त नहोला तर साथसाथै धुर्त प्रवृत्तिले नेतृत्वलाई खुइल्याउने काम गर्छ । एउटा कुशल नेताले देशलाई आवश्यक परेको बेला सबैलाई मिलाएर सम्पूर्ण देशको प्रतिनिधित्व गर्दै सक्षम नेतृत्व दिनसक्नुपर्छ । एउटा कुशल नेतृत्व आफ्नो राजनीतिक पार्टीको मात्रै या सत्ताको हितका लागि मात्रै वफादार हु“दैन, उसले सम्पूर्ण विचार र जनताको हितलाई सर्वाेपरि ठान्नुपर्छ । यी सोच विकास गराउन युवाले बेलैमा ध्यान दिन जरुरी छ । यसका साथसाथै आजको पुस्ताले व्यवस्थापकीय ज्ञान र सीप विकास गर्न अध्ययन र विभिन्न तालिम गोष्ठी, सेमिनार आदिमा सामेल हुने गर्नुपर्छ । विद्यालय र कलेजस्तरका विविध अतिरिक्त क्रियाकलापमा सहभागी बन्दै बेलैदेखि सफल नेतृत्वमा हुनुपर्ने गुण विकास गर्न सकिन्छ । नेतृत्वमा हुने कुशलता नै एउटा सफल राजनीतिज्ञमा आवश्यक पर्ने महत्वपूर्ण प्राविधिक पक्ष हो ।

तसर्थ, आजको आधुनिक राजनीतिमा युवाको खा“चो छ । युवा अझ खासगरी शिक्षित, सचेत, नैतिक र कुशलवर्गको भूमिकाले मात्रै आजको राजनीति सबल र स्थिर बन्नेछ । अनि मात्रै देशले नालायक नेतामात्रै होइन, कुशल नेतृत्व पाउनेछ, जसले नेपाली जनताको दशकौंदेखिको निराशा दूर गराउ“दै लैजानेछ । यसरी जन्मने पुस्ताले मात्रै देशलाई समृद्धतर्फ लैजाने आशा गर्न सकिन्छ ।

(लेखक, आईटी इन्जिनियर हुन् ।)
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget