चितवन, साउन २ गते । सर्लाहीको सुकुम्बासी बस्तीमा सरकारले दमन गरेको जनाई आन्दोलनमा उत्रिएका नेकपा माओवादीका सात कार्यकर्तालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
बिहान ९ बजेदेखि दुई घन्टासम्म चक्काजाम आह्वान गरिएको थियो । सो क्रममा नारायणगढ र माडीमा गाडी रोक्न खोजेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट छ र माडीबाट एक जनालाई पक्राउ गरिएको हो ।
Post a Comment