Websoft University

www.radiomakalu.com || 021-522512


मजदुरमाथि दलित छात्रा बलात्कारको आरोप


आरोपीको बयानः ‘यौनसम्पर्क सहमतिमै राखेँ’


नुवाकोटमा , असार १७ गते  । स्कुले छात्रालाई सो गाउँको विद्यालयमा काम गर्ने एक मजदुरले जबरजस्ती करणी छन् । नुवाकोट तुच्चे गाविसकी दलित छात्रामाथि बलात्कारको गरेको आरोपमा सल्यानको चुलिजुलिङ गाविस ७ का २१ वर्षीय युवक ज्ञानु थापा पक्राउ परेका छन् । बिहीबार नुवाकोट प्रहरीले जबरजस्ती बलात्कार गरेको आरोपमा थापालाई पक्राउ गरेको हो ।

तुप्चे गाविस ५ की १५ वर्षीया छात्रालाई मंगलबार राती बलात्कार गरेको अभियोगमा प्रहरीले विद्यालयमा मजदुरी गर्दै आएका पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ऋषिराम कर्णेलले जानकारी दिए । आठ कक्षा पढ्ने किशोरीमाथि बलात्कार गर्ने युवकलाई प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान अगाडि बढाएको छ । अरोपित युवक दुई महिनादेखि गाउँको विद्यालय निर्माणमा मजदुरी गर्दै आएको प्रहरीले जनाएको छ।

बलात्कार आरोपित थापाले प्रहरीसँगको बयानमा मंगलबार राती घर नजिकै बोलाएर सहमतिमा किशोरीसँग शारीरिक सम्बन्ध राखेको बताएका छन् । स्थानीयका अनुसार मंगलबार साँझ सातबजे हराएकी किशोरी मध्यरातमा मात्र घर पुगेकी थिइन् ।

प्रहरीसँगको बयानमा थापाले किशोरीसँग शारीरिक सम्बन्ध राखेको स्वीकार गरेका छन् । घटनाको दुई दिनपछि बिहीबार विदुरस्थित जिल्ला प्रहरी कार्यालय पुगेका स्थानीयवासीले युवक थापाले बलात्कार गरेको दाबी गर्दै हदैसम्मको कारबाही गरिनु पर्ने माग राख्दै उजुरी दिएका छन् । प्रहरीले युवकलाई जबरजस्ती करणी महल ५ अन्तरगतको उद्योगमा मुद्दा दर्ता गरेको छ ।-रामहरि गजुरेल, रातोपाटीबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget