डालस प्रहरी प्रमुख डेभिड ब्राउनले गत हप्ता अश्वेत नागरिकमाथि प्रहरीले गोली चलाएको विरोधमा भएका प्रदर्शनका क्रममा कसैले माथिबाट प्रहरीमाथि चलाएको गोली लागी तीन प्रहरी अधिकारीको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको बताए। उनका अनुसार अन्य सात प्रहरी अधिकारी घाइते भएका छन्।
प्रहरीले गोली प्रहार गरेको आशंकामा एक जनालाई पक्राउ गरेको छ र उनीसँग विस्फोटक पदार्थ भए नभएको अनुसन्धान गरिरहेको छ।
यो हप्ता अमेरिका प्रहरीले चलाएको गोली लागेर दुई अश्वेत नागरिकको मृत्यु भएपछि रङका आधारमा प्रहरीले कालाहरुमाथि गोली चलाएको भन्दै विरोधमा प्रदर्शन भइरहेका छन्। गत मंगलबार लुजियानामा प्रहरीको गोली लागी ३७ वर्षिय एण्डिल स्टेर्लिङको मृत्यु भएको थियो भने बुधबार प्रहरीको गोली लागेर ३२ वषिर्य फिलान्डो क्यास्टाइलको मृत्यु भएको थियो।
फिनाल्डोकी केटी साथीले उनलाई प्रहरीले गोली हानेको भिडियो खिचेकी थिइन्। जुन इन्टरनेटमा भाइरल बनेको छ।- सेतोपाटीबाट
Post a Comment