Websoft University

www.radiomakalu.com || 021-522512


१३ वर्षपछि कान्तिमा अक्सिजन प्लान्ट बन्दै



यसरी थन्काइएको थियो पुरानो मेसिन

काठमाडौं, असार १७ गते। नेपालकै एकमात्र सरकारी बाल अस्पताल कान्तिमा १३ वर्षपछि अत्याधुनिक अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । पुरानो प्लान्ट बिग्रिएको एक दशकपछि अस्पतालले नयाँ प्लान्ट निर्माणको तयारी अगाडी बढाएको हो ।
अस्पतालले सघन उपचार कक्ष लगायतका अन्य सेवा विस्तार गर्दै जाने क्रममा अक्सिजन प्लान्ट निर्माणलाई पनि सँगै अगाडी बढाएको हो । अस्पतालका प्रशासकीय अधिकृत टीकाराम ढकालले अक्सिजन जेनेरेटर प्लान्टबाट अक्सिजन उत्पादन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए ।
‘मेसिन खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेकोले योजना अनुरुप सबै काम समाप्त भए आउदो श्रावणसम्म मेसिन अस्पतालमा भित्रिने छ,’ उनले भने, ‘प्लान्ट सञ्चालनमा आएपछि बाहिरबाट अक्सिजन खरिद गर्नुपर्ने बाध्यताको अन्त्य हुने छ ।’ उनले प्लान्टबाट अन्यत्र अक्सिजन बिक्रि गरी आयस्रोत बढाउन सकिने समेत जानकारी दिए ।
जापान सरकारको सहयोगमा निर्माण हुने प्लान्टका लागि २ करोड खर्च हुने अनुमान गरिएको छ । हाल अस्पतालमा दैनिक ४० देखि ५० सिलिन्डर अक्सिजन खपत हुँदै आइरहेको छ । अस्पतालले आकस्मिक कक्ष र आइसियु लगायतका सेवा विस्तार गर्दै गएकाले यो संख्या थप बढ्न सक्ने ढकालले जानकारी दिए ।
नयाँ प्लान्टको निर्माणसँगै अस्पतालका शैयाहरुमा पाइपद्धारा नै अस्किजन पु¥याउने काम अगाडी बढीरहेको छ । हाल अस्पतालमा बेडमा ठुला ठुला सिलिन्डर बोकेर लैजानु पर्ने अवस्था रहेको छ । ‘पाइपलाइन बनाउने काम भैरहेको छ,’ ढकालले भने, ‘यो निर्माणपछि सिलिन्डर ओसारपसार गर्ने झन्झटबाट मुक्ति मिल्ने छ ।’ अस्पतालमा हाल वार्षिक ६० लाख भन्दा बढी रकमको ग्यास आपूर्ति भइरहेको छ ।
यसरी थन्किएको थियो पुरानो मेसिन


अस्पतालमा यसअघि पनि अस्किजन प्लान्ट थियो । तर सामान्य मर्मत नगर्दा उक्त मेसिन खिया लाग्दै कामै नलाग्ने अवस्थामा पुगेको हो । पुरानो अक्सिजन प्लान्ट २०६१ सालदेखि ठप्प भएको हो । पुरानो प्लान्ट सन् १९८६ मा जापानको आर्थिक सहयोगमा प्राप्त भएको थियो । उक्त प्लान्टले अस्पतालले लामो समयसम्म सेवा लिएको थियो ।
अस्पतालको मुल भवन पछाडि रहेको अक्सिजन प्लान्टलाई मर्मत सम्भार नगर्दा एक दशकभन्दा बढी समयदेखि अलपत्र परेको हो । नयाँ प्लान्ट पुरानै स्थानमा बनाउन लागिएको अस्पतालका मेकानिकल ओभर सियर गोपाल देव नकर्मीले जानकारी दिए । ‘पाटपुर्जा नै उपलब्भ नभएकाले मर्मत गर्न नसकिएको त्यसमा पनि जापानी सामान भएकाले भारत लगायतका देशमा समेत सामान पाउन् मुस्किल भएकाले नयाँ खरिद गर्नु पर्ने अवस्था आएको हो’ उनले भने ।
तत्कालिन समयमा पुरानो अक्सिजन प्लान्ट सञ्चालन गर्नेतर्फ सरकार र अस्पताल व्यवस्थापन उदासिन देखिएकाले लामो समयदेखि प्लान्ट बन्द भएको अस्पतालका कर्मचारीले बताएका छन् । सन् १९८६ मा जापान सरकारको करिब नौ लाख रुपैयाँ सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो । प्लान्ट बन्द भएदेखि प्लान्टका लागि कुनै कार्य नगरेकाले प्लान्टमा भएका अन्य सामाग्रि पनि लामो समयसम्म नचलाउँदा खिया लाग्ने र थप बिग्रिएको हो ।
शुरुमा साधारण मर्मतसम्भार गरे पनि हुने मेसिन लामो समयसम्म नचलाउँदा खिया लाग्ने तथा अन्य कारणले अरु मेसिन पनि बिग्रदै गएको अस्पतालका कर्मचारीले बताएका छन् । प्लान्टको मेसिन बिग्रएको शुरुको पाँच वर्षपछि चेक गर्दा ६० प्रतिशतमात्र शुद्ध अक्सिजन फिल्टर गर्ने क्षमतामा रहेको थियो । तर मर्मत नगरी त्यसै थन्काउँदा उक्त मेसिनले शतप्रतिशत काम गर्न नसक्ने अवस्थामा आएको थियो । पहिले यहि प्लान्टबाट प्रसुतिगृह र प्रहरी अस्पतालमा अक्सिजन आपुर्ति गरिन्थ्यो ।-गीता कठायत, स्वास्थ्यखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget