Websoft University

www.radiomakalu.com || 021-522512


अस्पतालको जग्गा अतिक्रमण गरेर घर निर्माण



जाजरकोट,साउन ५ गते ।जाजरकोट जिल्ला अस्पतालको जग्गा अतिक्रमणको चपेटामा परेको छ । स्थानीयवासीबाटै अस्पतालको जग्गा अतिक्रमण भएको हो । सदरमुकामको ठाटीबजारमा रहेको अस्पतालको ४० रोपनी जग्गामा पाँच रोपनीभन्दा बढी जग्गा स्थानीयवासीबाट कब्जा भएको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले जानकारी दिनुभएको छ ।




दर्जन बढी पक्की घर बनेका छन । लभ रोडको दायाँबायाँ र थाप्लेचौर जाने बाटोको दायाँबायाँको जग्गा स्थानीयवासीबाट अतिक्रमण भएको अध्यक्ष शाहले बताउनुभएको छ । अतिक्रमण हटाउन आफ्नो एकल प्रयासले नसकिने भन्दै शाहले यसतर्फ सरोकारवाला सबैले चासो दिनुपर्ने कुरा बताउनुभयो ।

जाजरकोटमा २०३३ सालमा अस्पताल स्थापना हुँदा उक्त जग्गा अस्पतालको नाममा प्राप्त भएको थियो । चालीस रोपनी जग्गामा आठ रोपनी जग्गा जिल्ला अदालतलाई, डेढ रोपनी खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयलाई र ११ आना जग्गा वृद्धाश्रमलाई उपलब्ध गराइसकेको जिल्ला अस्पताल जाजरकोटका प्रमुख डाक्टर राजेन्द्र जिसीले जानकारी दिनुभएको छ ।

बाँकी रहेको जग्गामा स्थानीयवासीले घर निर्माण गरेको जिसीको भनाइ छ । सरकारी जग्गा कब्जा गरेर घर निर्माण गरिनु राम्रो पक्ष नरहेको भन्दै जिसीले अस्पतालले जतिबेला पनि सो जग्गा खाली गराउन सक्ने जिसीको भनाइ रहेको छ ।

त्यसैगरी, जिल्लामा जिल्ला वन कार्यालय, राष्ट्रिय अनुसन्धान, प्रहरी, अस्पताललगायत कार्यालयका सरकारी जग्गा स्थानीयवासीबाट अतिक्रमण गरिएको बताइएको छ । सरकारी सम्पत्तिमा स्थानीयवासीले रजाइँ गर्दासमेत नियमक निकाय भने मौन रहेका छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget