एजेन्सी – चिकित्सकले वंशाणुगत परीक्षण गरेर स्तन क्यान्सर भएका महिला सुरक्षित छन् वा छैनन् भन्ने थाहा पाउन सकिने एक नयाँ अध्ययनले देखाएको छ ।
सो परीक्षणबाट महिलाको क्यान्सर शरिरभर फैलिन्छ वा फैलिदैन भन्ने विषयमा वास्तविक ढंगले अनुमान गर्न सकिने बताइएको छ । खोजकर्ताले यसलाई ‘ब्रेष्ट क्यान्सरमा ब्रेकथ्रु’ भनेका छन् ।
विद्यमान परीक्षण (अनकोटाइप डीएक्स ) दुई साता लाग्नेमा नयाँ परीक्षण भने केही दिनमै सम्पन्न हुने विश्वास गरिएको छ ।
एक दशकमा कसरी क्यान्सर विकसित हुन सक्छ भन्ने भविष्यवाणीका लागि ट्युमरको वंशाणुगत बनोटको परीक्षणले जानाकारी प्रदान गर्छन् ।
कुन बिरामी शल्यक्रियापछि केमोथेरापी उपचारबाट लाभन्नित हुन सक्छन् र कसलाई केमोथेरापीको आवश्यक पर्दैन भन्ने विषयमा परीक्षणबाट थाहा हुन्छ, ताकी बिरामी अनावश्यक साईडइफेक्टबाट बच्न सकुन् ।
यी दुबै परीक्षण ओइस्ट्रोजेन रिसेप्टर पोजेटिभ र एचइआर २ नेगेटिभ रोग भएका महिलामा हुने गर्छ । यी रोगका कारण दुई तिहाई महिलालाई स्तन क्यान्सर हुन्छ ।
बेलायतमा हरेक वर्ष ३३ हजार महिलामा इआर÷एचइआर २ स्तन क्यान्सरको उपचार हुने गरेको छ । रोग फैलिएको खतरा पहिचान गरेपछि केमोथेरापीबाट थोरै फाईदा देख्ने महिलाहरु यसको साइड इफेक्टबाट बच्न सक्ने विश्वास गरिएको छ । लन्डनस्थित क्वीन म्यारी इन्सिट्च्युटको सहकार्यमा रोयल मार्सडेन एनचएएस फाउन्डेसन ट्रस्ट र इन्सिट्च्युट अफ क्यान्सर रिसर्चका अनुसन्धानकर्ताहरुले सो अध्ययन गरेका हुन् ।
क्यान्सर स्तन ग्रन्थीसम्म फैलिएको छ वा छैन र महिलामा क्यान्सर फैलिने खतरा ट्युमरको आकारसँग जोडिएको वंशानुगत परीक्षण अनुमान गरिन्छ । १० वर्षसम्म दश प्रतिशत भन्दा न्यून फैलिएको छ भने त्यस्ता महिलालाई न्यून खतरा भएको सूचीमा वर्गीकृत गरिन्छ ।- स्वास्थ्य खबरपत्रिकाबाट
Post a Comment