Websoft University

www.radiomakalu.com || 021-522512


सहकारी मापदण्ड भित्र नचलेको सेवाग्राहीको आरोप


इटहरी,असार १८ गते ।अन्तराष्ट्रिय सहकारी दिवस मनाई रहँदा सुनसरीमा भने अधिकाशले सहकारीहरु मापदण्ड अनुसार नचलेको आरोप लगाएका छन् अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीका पदाधिकारी र सदस्यहरुले मेचि महाकाली मानव साँङ्गलो बनाई ९४ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा सो आरोप लगाएका हुन् । देशलाई आत्मनिर्भर बनाउन सहकारी मार्फत गाउँगाउँमा आर्थिक उपार्जनका लागि सन् १९२३ मा सहकारीको स्थापना भएको हो । तर नेपालमा बग्रेल्ती खुलेका सहकारीहरुले राम्रो सेवा दिन नसकेको भन्दै सरकारले सहकारीहरुलाई दायरामा ल्याउनु पर्ने सेवाग्राहीले बताएका छन । नेपालमा स्थापना भएका अधिकास सहकारीहरु सेवामुखी नभई नाफमुखी मात्र रहेका छन् । सहकारीहरुले मापदण्ड विपरीत कार्यहरु गरीरहेको हुनाले नियमकारी निकायले यस्ता सहकारीहरुको पहिचान गरी कारवाही गर्न समेत माग गरेका छन् । न्यूनआय स्तर भएका मानिसहरुको जिवन स्तर उकास्नको लागी सहकारीको स्थापना भए पनि केही मानिसको ब्यक्तिगत स्वार्थका कारणले समग्र सहकारीहरुले जनस्तरमा राम्रो सेवा दिन नसकेको राष्ट्रिय सहकारी संघका पूर्वाञ्चल संयोजक शिव कुमार डागीले बताए । ९४ र्औ संयूक्त राष्ट्रसंघ अन्तराष्ट्रिय सहकारी दिवसलाई मानव साँङ्गलो बनाई एकताको सन्देश दिइरहँदा सहकारीहरुले आफ्नो काम र कर्तब्य प्रति पनि निस्टावान रहनु पर्ने सुचना तथा संञ्चार सहकारी संघ सुनसरीका सञ्चालक मदन चुडालले बताए । केही व्यक्तिको गलत व्यवहारले केही सहकारी सडकमा आएको बताउदै चुडालले अब सरकारले सम्पूर्ण सहकारीलाई मापदण्डमा भित्र राख्नु पर्नेमा जोड दिए । अन्तराष्ट्रिय सहकारी दिवसमा तीनवटा विषयलाई केन्द्रबिन्दु बनाईए यो बर्षको सहकारी दिवस मनाईएको छ । आगामी १५ वर्षमा चरम गरिबीको अन्त्य, असमानता विरुद्धको लडाई तथा जलवायु परीवतर्नको प्रतिकुल प्रभावबाट मुक्त हुने कुरामा जोड दिईएको छ । यता नेपालको सन्दर्भमा भने राष्ट्रिय सहकारी संघको स्थापना दिवस पनि यसै दिन मनाउने गरेको छ । यस बर्षको सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी संघले देशभर मानव साँङ्गलो वनाएर एकताको संदेस सँगै समुदायमा सहकारीको अपरीहार्यतालाई प्रतिबिम्भित गराउन मानव साँङ्गलो बनाएको सहकारीका पदाधिकारीहरुले वताएका छन् । सुनसरीको इटहरी, धरान, दुहबी, झुम्का र इनरुवामा लगाएका स्थानमा विहान ७ बजे देखी ९ बजेसम्म मानव साँङ्गलो बनाई मानिसहरु सडकमा उभिएका थिए ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget