Websoft University

www.radiomakalu.com || 021-522512


युरो–२०१६ फाइनल आज , सात नम्बरमा सबैको ध्यान

पेरिस, असार २६ गते । पोर्चुगल र फ्रान्स युरोपेली फुटबलको फाइनलमा पुगेपछि क्रिस्टियानो रोनाल्डो र एन्टोनियो ग्रिज्म्यान पुनः अर्को उपाधिका लागि आमुन्नेसामुन्ने हुनुभएको छ । छ हप्ताअघि मात्र रोनाल्डो र ग्रिज्म्यानबीच च्याम्पियन्स लिगको फाइनलमा प्रतिस्पर्धा भएको थियो । त्यसबेला रियल म्याड्रिडले उपाधि जितेपछि रोनाल्डोले खुसी मनाउन पाउनुभयो । पेनाल्टी सुटआटउमा निर्णय भएको फाइनलमा रोनाल्डोले अन्तिम प्रहारमा गोल गर्नुभयो भने ग्रिज्म्यान पेनाल्टीमा गोल गर्नबाट चुक्नुभएको थियो । यसपालि ग्रिज्म्यानसमक्ष बदला लिने सुनौलो मौका छ । दुवै सात नम्बरको जर्सी लगाउने गर्नुहुन्छ ।
एक त घरेलु भूमिमा फाइनल खेल्ने फ्रान्सलाई पोर्चुगलभन्दा माथि नै राखिएको छ । यसबाहेक अपार समर्थनले पनि फ्रान्सको उत्साह बढाउने छ । त्यति मात्र होइन ग्रिज्म्यान आफ्नो खेल जीवनकै उत्कृष्ट अवस्थामा हुनुहुन्छ । चालू प्रतियोगितामा सबभन्दा बढी छ गोल ग्रिज्म्यानको नाममा रहेका छन् । जुन रोनाल्डोको भन्दा दोब्बर छ । हामी अहिले निकै रमाएका छौँ, केटाकेटी जस्तै, हामीलाई थाहा छ पूरै देश हाम्रा पछाडि छ, त्यसैले उनीहरूकै लागि हामी फाइनलमा सक्दो प्रयास गर्नेछौँ –ग्रिज्म्यान भन्नुहन्छ । ग्रिज्म्यानले सेमिफाइनलमा विश्वकप विजेता जर्मनीविरुद्ध दुवै गोल गर्नुभयो । जसमध्ये एउटा पेनाल्टी गोल थियो  । त्यसैले च्याम्पियन्स लिगमा पेनाल्टीमा गोल गर्न नसकेको पीडामा ग्रिज्म्यानले मल्हम लगाइसक्नुभएको छ ।
आफ्नो गोल गर्नेक्रम जारी राखेमा ग्रिज्म्यानले फ्रान्सलाई च्याम्पियन मात्र होइन फिफा वर्ष खेलाडीको दावेदार पनि आपूmलाई बनाउनुहुनेछ तर ग्रिज्म्यानको टिम फ्रान्स रोनाल्डोबाट उत्तिकै सावधान हुनु जरुरी छ । आरम्भिक खेलजीवनमा रोनाल्डोले घरेलु भूमिमा युरोपेली च्याम्पियनसिपको फाइनलमा पराजय बेहोर्नुभएको थियो । यसैले १२ वर्षको पर्खाईले यसपालि रोनाल्डो फाइनलमा भोकाएको बाघसरह प्रस्तुत हुने अपेक्षा गरिएको छ । सन् २००४ मा आयोजक पोर्चुगल फाइनलमा दावेदार हुँदाहँुदै पनि ग्रीससँग १–० ले पराजित भएको थियो । चालू प्रतियोगितामा रोनाल्डोले छमध्ये मात्र दुई खेलमा गोल गर्नुभएको छ । यद्यपि उहाँले युरोपेली च्याम्पियनसिपमा मिचेल प्लाटिनीले ३२ वर्षअघि राखेको सर्वाधिक गोल (नौ गोल)को कीर्तिमान बराबरी गरिसक्नुभएको छ । प्रमुख प्रतियोगिताको फाइनलमा फ्रान्सको विगत भने सशक्त छ । अझ घरेलु भूमिमा फ्रान्स अजय जस्तै छ । सन् १९८४ मा भएको युरो र सन् १९९८ मा भएको विश्वकप फ्रान्सले घरेलु भूमिमा खेल्दै जितेको थियो ।
अझ फ्रान्सले पछिल्ला दस खेलमा पोर्चुगललाई हराएको छ । सन् १९७५ पछि पोर्चुगलले फ्रान्सलाई हराउन सकेको छैन । २१ महिनाअघि प्रशिक्षक फर्नान्डो सान्तोसको पोर्चुगलका लागि पदार्पण खेललाई फ्रान्सले नै बिर्सनुपर्ने बनाइदिएको थियो । यसपालि पनि फ्रान्समा पोर्चुगलले सेमिफाइनलमा पुगेर मात्र वेल्सविरुद्ध ९० मिनेटभित्र खेल जित्न सक्यो । त्यसैले पनि फ्रान्सलाई फाइनलको दावेदार मानिएको छ तर पोर्चुगलका मिडफिल्डर जोआवो मारियो भन्नुहुन्छ– आलोचना फुटबलको एक पक्ष हो, कसरी आफ्नो पक्षमा नतिजा पार्ने भन्ने कुरा हामीलाई थाहा छ, यस्ता आलोचनामा हामी ध्यान दिँदैनौँ, हाम्रो ध्यान पोर्चुगलका जनतालाई खुसी दिएर इतिहास बनाउनेमा मात्र छ । पोर्चुगलका लागि उसका प्रमुख डिफेन्डर पेपेको चोट अहिले चिन्ताको विषय बनेको छ । वेल्सविरुद्ध उहाँको अभाव त्यति महसुस नभए पनि फ्रान्सविरुद्ध पेपे बिना पोर्चुगलको डिफेन्स कमजोर बन्नसक्छ । एपी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget