Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय निकायको निर्वाचनसँगै देशमा सुशासनः विजुक्छे



पोखरा , असार २५  गते ।  नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले स्थानीय निकायको । निर्वाचा सँगै देशमा सुशासन कायम हुने वताएका छन् ।


नेपाल चीन मैत्री संघद्धारा नेपाल चीन सम्वन्ध ६० वर्ष पुगेको अवसरमा प्रकाशित चिनिया सपना नामक पुस्तकको शनिवार पोखरामा लोकार्पण गर्दै विजुक्छेले सो कुरा वताएका हुन् ।
उनले देशमा संघीयताको विषय अझै जटिल भएकोले संघीयता भन्दा अगाडि नै स्थानीय निकायको निर्वाचन गरेर स्थानीय निकायमा हुने वेथिति अन्त्य गर्नु पर्ने वताए ।

पहिला स्थानीय निकायको निर्वाचन सम्पन्न गरेपछि मात्र देशलाई संघीयतामा लैजाने वा नलैजाने भन्ने वारेमा सोच्न सकिने उनको भनाई छ ।

प्रदेश विभाजनमा नै समस्या आएको भन्दै उनले देशलाई उपयुक्त हुने खालका प्रदेश वनाएर अगाडि वढ्न सकिने धारणा व्यक्त गरे ।

स्थानीय निकायको निर्वाचन नहुँदा देशमा भ्रष्टाचार र कालोवजारी मौलाएको वताउँदै उनले त्यसलाई रोक्ने एक मात्र कडी स्थानीय निकायको निर्वाचन भएको जिकिर गरे ।

नेपालमा संविधान वनिसकेको भएपनि कार्यान्वयन पक्ष निकै जटिल भएको वताउँदै उनले संविधान कार्यान्वयनलाई सहज वनाउनको लागि आन्दोलनरत पक्षका आवाजलाई पनि सम्वोधन गर्नु पर्ने वताए ।

नेपालले संविधान प्राप्तिको लागि नै वर्षौसम्म लडाई लड्न परेको वताउँदै उनले संविधान आएपछि त्यसमा भएका त्रुटी सच्याउँदै अगाडि वढ्नु पर्ने वताएका छन् ।

वर्तमान अवस्थामा देशको संकट निवारणको लागि सवै दलहरु मिल्नुको विकल्प नभएको उनको भनाई छ ।

उनले मधेशवादी दलहरु नेपाल प्रति भन्दा पनि भारतप्रति वढी झुकेको वताएका छन् । उनले नेपाल र भारतको संम्वन्ध पुरानो भएकोले भारतले नेपालमाथि हस्तक्षेप गर्न खोजेपनि त्यो नसक्ने वताए ।- कमल पौडेल , रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget