Websoft University

www.radiomakalu.com || 021-522512


अविश्वासको प्रस्ताव सामना गर्ने बारे छलफल गर्न एमाले बैठक

KP Oli

काठमाडौं, असार ३० गते । संसद बैठकमा पार्टीको भूमिका र पछिल्लो राजनीतिक परिस्थिति बारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ ।

नयाँबानेश्वरस्थित संसद् भवनमा अपरान्ह ३ बजे बोलाइएको बैठकमा नेपाली कांंग्रेस र नेकपा माओवादी केन्द्रले राखेको अविश्वासको प्रस्तावको सामना गर्ने बारे छलफल हुने जनाइएको छ ।

बैठकमा सांसदहरुलाई पछिल्लो घटनाक्रम बारे जानकारी गराइने र शुक्रबारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्ने एमाले तयारी रहेको छ । एमालेले आफू नेतृत्वको सरकारको औचित्य पुष्टि गर्ने गरी बैठकमा छलफल गर्ने तयारी गरेको छ ।

प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँग सरकारका अल्मतमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिइ अविश्वासको प्रस्तावको सामना गर्ने जनाएसँगै कांग्रेस माओवादी सहितका दलले प्रस्ताव दर्ता गराएका छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget