Websoft University

www.radiomakalu.com || 021-522512


फ्रान्स दाबेदार, ठूलो खेलाडी जर्मनी

france
मार्से (फ्रान्स), असार २३ गते । विश्वकप विजेताविरुद्ध आयोजक त्यो पनि सेमिफाइनलमा । यस्तो खेल विशेष हुन्छ । त्यसैले फ्रान्सले घरेलु मैदानमा बिहीबार राति खेल्ने जर्मनीविरुद्धको खेल अविस्मरणीय हुने अपेक्षा गरिएको छ । जर्मनी केही घाइते तथा प्रतिबन्धित आफ्ना प्रमुख खेलाडी बिना सेमिफाइनल खेल्दैछ । फ्रान्सको भने यस प्रतियोगितामा यो हेभिवेट टिमविरुद्ध पहिलो खेल हुनेछ । फ्रान्स र जर्मनीबीचको प्रतिद्वन्द्विता राजनीतिक र युद्धकालीन इतिहासले पनि तातिने गर्छ तापनि यी दुई टिमबीचको चर्चामा फुटबलकै कुरा पर्याप्त हुन्छ ।
फ्रान्सका समर्थकले अहिले पनि सन् १९८२ को विश्वकपको सेमिफाइनल भुलेका छैनन् । सो समय तत्कालीन पश्चिम जर्मनीले बढी घम्साघम्सी गरेर खेल टाइब्रेकरमा लगेपछि फ्रान्सलाई पेनाल्टीमा हराएको थियो । अनि जर्मनीका गोलरक्षक हेराल्ड सुमाखर फ्रान्सेली जनतामाझ घृणाको पात्र बन्नुभयो । सो खेलमा सुमाखरले फ्रान्सका प्याट्रिक ब्याटिसनमाथि आक्रमण गर्नुभएको थियो । जसले फ्रान्सेली खेलाडी चोट लागेर अचेत पनि भए ।
सन् १९९० मा दुई जर्मनी एक भएपछि खेलिएका आठ खेलमध्ये फ्रान्सले पाँचमा जित हात पारेको छ । गत नोभेम्बरमा मात्र फ्रान्सले जर्मनीलाई १–० ले हराएको थियो तर ती सबै जित अन्तर्राष्ट्रिय मैत्री खेलमा फ्रान्सलाई प्राप्त भएका थिए । यसैबीच फ्रान्सले एक खेल हा¥यो तर त्यो निकै महìवपूर्ण खेल थियो ।
सन् २०१४ मा भएको विश्वकपको क्वाटरफाइनलमा जर्मनीले १–० ले खेल जिती फ्रान्सलाई बिदा गरेको थियो । भन्नुपर्दा प्रमुख प्रतियोगितामा सन् १९५८ देखि नै फ्रान्सले जर्मनीलाई हराउन सकेको छैन । पछिल्लो विश्वकपमा जर्मनीका लागि निर्णायक गोल गर्ने म्याट्स हमेल्सले फ्रान्सविरुद्ध खेल्न पाउनुहुनेछैन । उहाँ प्रतिबन्धित हुनुहुन्छ । साथै जर्मनीले फरवार्ड मारियो गोमेज र मिडफिल्डर सामी खडरिया बिना नै फ्रान्सविरुद्ध खेल्नुपर्नेछ । फिटनेसका कारण मिडफिल्डर बास्टियन स्वाइन्स्टाइजरले खेल्नेमा पनि शङ्का छ । जर्मनीको टिमका प्रबन्धक ओलिभर बियरहोफले फ्रान्सलाई नै दाबेदार मान्नुभएको छ ।
फ्रान्सका प्रशिक्षक डिडियर देस्याँलाई भने दुरुस्त टिम प्राप्त छ । अहिलेसम्म उहाँको टिमले प्रतियोगितामा ठूला टिमसँग भिड्न पनि परेको छैन । प्रिक्वाटरफाइनल र क्वाटरफाइनलमा आयरल्यान्ड र आइसल्यान्डसँग पर्नु फ्रान्सका लागि भाग्य नै बन्यो । यद्यपि आयरल्यान्डसँग एक गोल र आइसल्यान्डसँगको खेलमा दुई गोल बेहोर्नुले फ्रान्सको रक्षापङ्तिको कमजोरी देखाएको छ । फ्रान्सको अहिलेसम्मको सबभन्दा कठिन खेल भनेको समूह चरणमा स्विजरल्यान्डविरुद्धको भिडन्त मात्र रह्यो ।
सो खेल गोलरहित बराबरीमा सकिएको थियो । पछिल्लो विश्वकपको सेमिफाइनलमा पनि जर्मनीले घरेलु टिम नै प्रतिद्वन्द्वीका रूपमा पाएको थियो । त्यसबेला जर्मनीले खेल मात्र जितेन घरेलु टिम ब्राजिलको मानमर्दन नै ग¥यो । ७–१ ले ब्राजिललाई हराउने जर्मनीले यसपालि फ्रान्सले घरेलु मैदानमा लामो समयदेखि बनाएको आधिपत्य नतोड्ला भन्न सकिन्न । फ्रान्स घरेलु मैदानमा तेस्रोपटक युरो च्याम्पियन बनेर ह्याट्रिक गर्ने दाउमा रहेको छ । एपी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget