Websoft University

www.radiomakalu.com || 021-522512


अर्थशास्त्रका ‘गोल्ड मेडलिस्ट’ यादवले सम्हाले प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी

Ayodhi-Prasad-Yadav, Photo RSS

काठमाडौं असार २७ गते । १३ महिनादेखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा रहेका डा. अयोधीप्रसाद यादवले सोमबारदेखि प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. यादवलाई सोमबार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी थिइन् भने नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

संवैधानिक परिषदले यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि गत मंसिर २२ गते सिफारिस गरेकामा संसदीय सुनुवाइ विशेष समितिले गत शुक्रबार अनुमोदन गरेको थियो ।

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त डा. यादवले चार वर्षसम्म प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्ने छन् । प्रमुख निर्वाचन आयुक्तको पदावधि ६ वर्षको हुने भएपनि ६५ वर्षे उमेर हदका कारण ६१ वर्षीय डा. यादवले अबको चार वर्ष मात्र जिम्मेवारी सम्हाल्नेछन् ।

साढे ९ वर्ष पहिले निर्वाचन आयुक्त नियुक्त भएका डा. यादवले १३ महिना अघिदेखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

उनी स्नातकोत्तर तहमा अर्थशास्त्रका ‘गोल्ड मेडलिस्ट’ हुन् ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget