काठमाडौं, असार २९ गते । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेको छ । राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने उसको निर्णय छ ।
कांग्रेस केन्द्रीय समितिको बुधबार विहान बसेको बैठकले माओवादीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको निष्कर्ष निकालेको छ । बैठकपछि सतेचक ईश्वरी न्यौपानेले अनलाइनखबरसँग भनिन्, अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । नभए अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको छ ।’
बैठकमा नेताहरुले माओवादीसँग भएको सातबुँदे सहमतिबारे जानकारी गराएका छन् । केन्द्रीय समितिको बैठकले सहमति कार्यान्वयन गर्ने निर्णय गरेको न्यौपानेले बताइन् ।- अनलाइनखबरबाट
Post a Comment