Websoft University

www.radiomakalu.com || 021-522512


बाढीले भूकम्पभन्दा पीडादायी बनाएको अबस्थामा जे देखें

भोटेकोसी नदीमा भीषण बाढी आएको २४ घण्टापछि सीमा क्षेत्र तातोपानी पुग्दाको दृश्य जोकोहीको मन थामिन सक्ने नै थिएन । तातोपानी बजारका स्थानीय निकै त्रसित थिए । कति बेला के हुने हो भन्ने त्रासबीच भोटेकोसीले कटान गर्दै गरेको आफ्नो घरबाट हतारहतार सामान निकालिरहेका थिए ।


तातोपानी बजारमा मात्रै होइन, यहाँबाट एक किलोमिटरको दूरीमा रहेको कोदारी पुग्दाको दृश्य झनै दर्दनाक थियो । कोदारी बजारनजिकै रहेको इको रिसोर्टको छेउबाट नदीले कटान गरेपछि बाँकी रहेका घर पनि बगाउने त्रास थियो स्थानीयमा ।


पिठ्युँमा दुधे बालक च्यापेका महिला, केटाकेटी, वृद्धवृद्धा सबै आफ्नो सामान निकाल्न व्यस्त थिए । तातोपानी बजारवासी प्रकृतिले दिएको कठोर सजाय भन्दै आँसु खसालिरहेका थिए । घरबाट जसोतसो सामान निकाले पनि राख्ने ठाउँ नहुँदा थप पीडामा देखिन्थे । सबैका अनुहारले त्यो पीडा झल्काइरहेको थियो । तातोपानी बजारमा मात्रै होइन, यहाँबाट एक किलोमिटरको दूरीमा रहेको कोदारी पुग्दाको दृश्य झनै दर्दनाक थियो । कोदारी बजारनजिकै रहेको इको रिसोर्टको छेउबाट नदीले कटान गरेपछि बाँकी रहेका घर पनि बगाउने त्रास थियो स्थानीयमा । यहाँका बासिन्दा सबै त्रसित थिए भने नदीले बगाउन बाँकी रहेका घर सबै मिलेर भत्काइरहेका थिए ।



घर सग्लो भए पनि कटान गर्ने डरले त्यहाँभित्र रहेका सामाग्री निकाल्दै गर्दा कोदारीका सोमबहादुर शेर्पाको मन गह्रुंगो थियो । ‘आगलागी, भूकम्प अनि बाढीपहिरो सबै हामीलाई नै लाग्नुपर्ने रहेछ,’ भक्कानिँदै शेर्पाले भने, ‘अब हाम्रो केही पनि बाँकी रहेन ।’ घरबाट सामग्री निकाल्दै गर्दा उनीसँगै थिए आठ वर्षीय छोरा सागर । उनी पनि बाबुलाई सामान निकाल्न सघाइरहेका थिए भने एउटा हातले आफूले पढ्ने किताब च्यापिरहेका थिए । कोदारीबाट २ किलोमिटर माथि लिपिङ बजार पुग्दा सुनसान थियो । घट्टेखोलाबाट केही माथि लिपिङ बसपार्कबाटै सडक नदीमा मिसिएको थियो । केही घर बग्दै गरेका थिए भने केही घर ढल्न बाँकी थिए । केही वर्ष अघिसम्म दैनिक हजारौंको चहलपहल हुने लिपिङ बजार सुनसान र मणि हराएको नाग जस्तै देखिन्थ्यो । बजार प्रवेश गर्दा कुकुरहरू एकोहोरो भुकिरहेका थिए । बाढीबाट ज्यान जोगाउनका लागि हतार–हतार भाग्ने क्रममा नदीले बगाउन बाँकी रहेका घर खुला थिए भने सडकभर जुत्ताचप्पल असरल्ल थिए ।

मानवविहीन लिपिङ बजारमा सशस्त्र प्रहरीका दुई जवान डिउटीमा थिए । लिपिङ बजारबाट उकालो लागेर तातोपानी भन्सार गेटैमा पुग्दा त्यहाँको अवस्था झनै भयावह देखियो । तलबाट भोटेकोसीले कटान गर्दै थियो भने माथिबाट पहिरोले बजार ध्वस्तप्रायः थियो । चिनियाँ क्षेत्रमा रहेको लिपिङ बजारको अवस्था पनि नेपालकै जस्तो देखियो । केही चिनियाँ प्रहरी सीमाको सुरक्षामा बसेबाहेक त्यहाँ पनि सुनसान थियो । लार्चामा रहेको सीमा प्रहरी कार्यालय १२ वैशाखको भूकम्पले ध्वस्त भएपछि तातोपानीमा डेरामा रहेका प्रहरीसमेत यतिबेला विस्थापित भएर कोदारी उच्च माविमा कष्टसँग बसिरहेका छन् । ‘धेरै समस्या छ तर पनि हामी ‘फन्ट लाइन’को भएर पीडा भुलेर भए पनि जनतालाई सघाइरहेका छौं,’ सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले भने । प्रहरी बसेको घरभित्रै नदी पसेपछि यहाँका प्रहरीले जसोतसो आफ्नो बन्दोबस्ती सामग्री निकालेर चौकी डाँडामा लगेर राखेका छन् ।


मानवविहीन लिपिङ बजारमा सशस्त्र प्रहरीका दुई जवान डिउटीमा थिए । लिपिङ बजारबाट उकालो लागेर तातोपानी भन्सार गेटैमा पुग्दा त्यहाँको अवस्था झनै भयावह देखियो । तलबाट भोटेकोसीले कटान गर्दै थियो भने माथिबाट पहिरोले बजार ध्वस्तप्रायः थियो । चिनियाँ क्षेत्रमा रहेको लिपिङ बजारको अवस्था पनि नेपालकै जस्तो देखियो । केही चिनियाँ प्रहरी सीमाको सुरक्षामा बसेबाहेक त्यहाँ पनि सुनसान थियो ।

१२ वैशाखको विनाशकारी भूकम्पपछि यहाँका स्थानीय लामो समय विस्थापित भएर राजधानीलगायत अन्यत्र गएर बसेका थिए । तातोपानी नाका सञ्चालन हुने आशा र अन्यत्र गएर पनि खान–बस्नै समस्या भएपछि केही महिनादेखि आफ्नै थातथलोमा फर्किएका थिए । आफ्नै थातथलोमा फर्किएर पेसा व्यवसाय गर्दै आफू र आफ्नो परिवारको सुन्दर सपना बोकिरहेका स्थानीयलाई २१ असार फेरि कालो दिन भएर आयो । यही दिनबाट १७ वर्षदेखि तातोपानी बजारमा व्यापार गर्दै आएका साङमु शेर्पा दोस्रो पटक विस्थापित भएका छन् । भूकम्पमा त घर मात्रै ढलेको थियो, पछि आएर टहरो बनाएर बसें, अहिले त न घर बाँकी रह्यो न जग्गा नै,’ शेर्पाले भने, ‘अब यहाँ आउने बाटो सधैंका लागि टुट्यो ।’ घरमा भएको सबै भोटेकोसीमा मिसिएपछि श्रीमती र एउटा छोरालाई च्यापेर उनी गन्तव्यहीन भएर अगाडि बढिरहेका थिए ।

तातोपानी बजारमा होटल स्मल हेभन सञ्चालन गरेर बसिरहेका स्थानीय फुर्बा शेर्पा हाफ पाइन्ट अनि पछाडि एउटा झोला बोकेर हिँडिरिहेका थिए । तातोपानी क्षेत्रकै उत्कृष्ट होटल सञ्चालन गरेर बसेका फुर्बा निकै हतास र चिन्तित देखिन्थे । ‘भूकम्पले केही बाँकी राखेको थियो, आएर मर्मत गरेर पुनः होटल सञ्चालन गरें तर अब त केही बाँकी नै रहेन जीवनभरको कमाइ सकियो,’ शेर्पाले भने । आफ्नो जन्मभूमि, जीवनभर कमाइ गरेर बनाएको सुन्दर घर अनि आफन्त छाड्नुको पीडा शब्दमा व्यक्त गर्न सकिरहेका थिएनन् । भोटेकोसीको वितण्डापछि स्थानीय पूरै विस्थापित भई अब आफ्नै थातथलो फर्कने सम्भावना सकिएको छ ।

सिन्धुपाल्चोकलाई मात्रै होइन, देशको राजस्वको एक हिस्सा ओगट्ने नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार जुरे पहिरो, भूकम्प अनि भोटेकोसीको वितण्डाले अब कहिल्यै उठ्न नसक्ने गरी थला परेको छ । अब यो नाका तत्कालै सञ्चालन हुने सम्भावना सकिएको छ । तातोपानी भन्सार मात्रै होइन, दुई वर्षको बीचमा जिल्लामा भएको दैवी विपत्तिमा यस क्षेत्रका अन्य संरचनाहरू तंग्रिन नसक्ने देखिएका छन् । ४५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना जुरे पहिरो र भूकम्पपछि थला परेको थियो । मर्मत सम्भार गरेर केही दिनभित्रै सञ्चालन गर्ने तयारी भए पनि भोटेकोसीको रौद्र रूपले यसको ड्याम पूर्णतया ध्वस्त भएको छ । ड्याम मात्रै होइन, विद्युत्गृहमा समेत क्षति पु¥याएको छ ।

यो बाहेक सुक्खा बन्दरगाह, मध्यभोटेकोसी जलविद्युत् आयोजनालगायत यस क्षेत्रका विकास संरचनालाई भोटेकोसीको भेलले नराम्रोसँग धक्का दिएको छ । प्रसिद्ध धर्मिक तीर्थस्थलको रूपमा परिचित तातोपानी धारा अब इतिहासमा मात्रै सीमित हुने अवस्थामा पुगेको छ । भोटेकोसी नदीको भेलले बाह्रबिसेदेखि माथिल्लो सात गाविसका स्थानीय प्रभावित भएका छन् । यस क्षेत्रमा सडक, विद्युत् र टेलिफोन सेवासमेत अवरुद्ध भएपछि झन् पीडामा परेका छन् । बाह्रबिसेदेखि तातोपानीसम्मको झन्डै २६ किलोमिटर सडक बाढीले ठाउँठाउँमा कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ ।


सुक्खा बन्दरगाह, मध्यभोटेकोसी जलविद्युत् आयोजनालगायत यस क्षेत्रका विकास संरचनालाई भोटेकोसीको भेलले नराम्रोसँग धक्का दिएको छ । प्रसिद्ध धर्मिक तीर्थस्थलको रूपमा परिचित तातोपानी धारा अब इतिहासमा मात्रै सीमित हुने अवस्थामा पुगेको छ । भोटेकोसी नदीको भेलले बाह्रबिसेदेखि माथिल्लो सात गाविसका स्थानीय प्रभावित भएका छन् । यस क्षेत्रमा सडक, विद्युत् र टेलिफोन सेवासमेत अवरुद्ध भएपछि झन् पीडामा परेका छन् । बाह्रबिसेदेखि तातोपानीसम्मको झन्डै २६ किलोमिटर सडक बाढीले ठाउँठाउँमा कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि विस्थापित भएर सुरक्षित स्थानमा जान खोज्ने पीडित थप समस्यामा छन् । सवारी साधन सञ्चालन नभएपछि यस क्षेत्रका सयांै स्थानीय पैदल हिँडेरै सुरक्षित स्थानतर्फ लागेका छन् । ‘घर खोलाले लग्यो, अब कहाँ जाने थाहै छैन,’ सडकमा गन्तव्यहीन जस्तै भएर हिँडेका पीडितको भनाइ थियो । अरनिको राजमार्गको लार्चादेखि तातोपानी भन्सारसम्मको नदीछेउ रहेका सबै घर नदीको उच्च जोखिममा परेका छन् । पहिलो दिनको बाढीले २० घर बगाए पनि अहिलेसम्म यस क्षेत्रका २५ घर भोटेकोसीले बगाइसकेको छ ।

गाती गाविसको जम्बुदेखि तातोपानीसम्मको सडक नदीमा मिलेको छ । जम्बु, सखुवा, हिन्दी, डाक्लाङ, लार्चा, तातोपानी, कोदारीलगायत स्थानका सडक भोटेकोसीमा मिसिएको हो । प्रायः स्थानमा भोटेकोसीको बहावै परिर्वतन हुँदा कटान झनै बढेको छ । तातोपानीको लार्चादेखि लिपिङ बजारसम्म नदीछेउमा रहेका घर एउटा पनि बाँकी नरहने अवस्थामा पुगेको तातोपानीनिवासी पदम श्रेष्ठले जानकारी दिए । ‘घर मात्रै होइन, अब सडकको दायाँ साइडमा बस्ती बसाउन जग्गा जमिन पनि बाँकी रहँदैन ।’
विस्थापितलाई सुरक्षित स्थानमा ल्याइयो

भोटेकोसी नदीमा आएको बाढीबाट विस्थापित तातोपानी आसपासका पीडितलाई बाढी आएको चार दिनपछि सुरक्षित स्थानमा ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट तातोपानी क्षेत्रका विस्थापितलाई शुक्रबार दिउँसोदेखि उद्धार सुरु गरिएको थियो ।



नेपाली सेनाले पहिलो चरणमा ५८ जना पीडितलाई बाह्रबिसेमा ल्याएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जानकारी दिए । मौसमले साथ दिए अन्य विस्थापितलाई पनि बाह्रबिसेसम्म ल्याइने उनले बताए । बाह्रबिसेबाट स्थलमार्ग हुँदै सुरक्षित स्थानमा लगेर राखिने तयारी भइरहेको छ । भोटेकोसीको बाढीले तातोपानी र लिपिङका झन्डै २ सयजना विस्थापित भएका छन् ।

-राजधानी दैनिकबाट साभार  । दिनेश थापा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget