Websoft University

www.radiomakalu.com || 021-522512


भलिबलमा कलिलै उमेरमा चम्किएकी प्रतिभा

20072016082749Prateebha_Mali-(3)-1000x0

काठमाडौं,साउन ५ गते ।स्वदेशमा मात्र होईन विदेशमा समेत चर्चाको शिखरमा पुगेको भर्खर १५ वर्षमा लागेकी कलिलै उमेरमा भलिबल खेलाडीको रुपमा नाम स्थापित गर्न सफल भएकी छिन् प्रतिभा माली ।
आज घर टोल छिमेकमा नेपालमा मात्रै होईन विदेशमा समेत उनको नाम चर्चा कमाउदै गएको छ । प्रतिभालाई आज कलिलै उमेर भयो भनेर कँही पनि रोक्नु पर्ने स्तििथी आएको छैन्न् । सानै उमेरमा उनीले नेपाली राष्ट्रिय स्तरको खेलाडीको रुपमा स्थापित भइसकेकी छन् ।
२०७१ मा आयोजित दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपमा नेपाल उपविजेताको रुपमा उभ्याएकी थिईन्। १३ वर्षमै प्रतिभाले खेलमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
काठमाडौंमा २०७१ मा आयोजित दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपमा नेपाल उपविजेताको रुपमा उभ्याएकी थिईन् । १३ वर्षमै प्रतिभाले खेलमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । खेलमा पछिल्लो समय झन् अझ परिपक्व हुँदै गएको छ ।


न्यु डायमन्ड एकेडेमीमा रमली तण्डुकारले छाडेपछि उनी मुख्य खेलाडीको रुपमा रहेकी छिन् ।०७२ सालमा न्यु डायमन्ड ५ प्रतियोगितामा सहभागी भएको थियो । त्यसमध्ये एकमा च्याम्पियन भएको न्यु डायमन्ड चार प्रतियोगितामा फाइनलमा पुगेको थियो ।

नेपाली महिला भलिबल टिमलाई भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य पदक दिलाउन पनि प्रतिभाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । न्यु डायमन्ड एकेडेमीमा रमली तण्डुकारले छाडेपछि उनी मुख्य खेलाडीको रुपमा रहेकी छिन् ।०७२ सालमा न्यु डायमन्ड ५ प्रतियोगितामा सहभागी भएको थियो । त्यसमध्ये एकमा च्याम्पियन भएको न्यु डायमन्ड चार प्रतियोगितामा फाइनलमा पुगेको थियो ।

तीजको अवसरमा पोखरामा आयोजित खुला भलिबल प्रतियोगिताको उपाधिमा न्यु डायमन्डले ह्याट्रिक गर्दा प्रतिभा पनि लगातार तेस्रो पल्ट सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । उनको टिमले फाइनलमा लगातार तेस्रो पल्ट एपीएफलाई हराएको थियो ।


यो वर्ष ३ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र दुईमा बेस्ट स्पाइकर पनि घोषित भइन् ।

उनी यो वर्ष ३ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र दुईमा बेस्ट स्पाइकर पनि घोषित भइन् । उत्कृष्ट प्रदर्शन गरेकाले नै उनी पल्सर स्पोट्र्स अवार्ड ०७२ को पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी छन् । ‘कुमार (राई) गुरु र टिमका सबै साथीहरूको सहयोगले सफलता हासिल गरिरहेका छिन। त्यसैले पिपुल्स च्वाइसको मनोनयनमा समेत सफल भएकी थिईन् ।

पल्सर स्पोट्र्स अवार्डका लागी अहिले भोटिङ अभियानमा प्रतिभा व्यस्त भएकी छिन् । भलिबलकै मन्जु गुरुङ, सिपोरा गुरुङ, रमिला तण्डुकार र सरस्वती चौधरीले यसअघि जितेका थिए ।

पछिल्लो समय उनी स्पाइकर हुन् र प्रत्येक खेलमा सटिक शट प्रहार गर्न माहिर छिन् । ‘भलिबलमा उनी निकै मिहिनेतीका कारण आज राम्रो खेलाडीको रुपमा स्थापित भएकी छिन् । खेलमा अनुशासित मर्यादाको साथ भलिबल खेल्ने गरेकी छिन् । त्यस कारणले गर्दा भलिबलमा उनको निरन्तर सुधार भइरहेको छ,’ प्रशिक्षक कुमार राईले भने ।

विभागीय टिमहरू एपीएफ, पुलिस र पश्चिमाञ्चललाई चुनौती दिने एक्लो टिम न्यु डायमन्ड हो । सर्वाधिक एसएमएस भोट र फेसबुक लाइकको आधारमा विजेताको चयन हुने पिपुल्स च्वाइसमा प्रतिभासहित टेबलटेनिसकी नविता श्रेष्ठ, भारोत्तलनकी तारादेवी पुन, क्रिकेटका सन्दीप लामिछाने र फुटबलका नवयुग श्रेष्ठ मनोनयनमा छन् ।

प्रतिभाले २०७२ मा प्राप्त गरेका उपलब्धि

– १२औं सागमा कांस्य पदक
– खुला भलिबल प्रतियोगिता, लामाचौर, पोखरामा च्याम्पियन र सर्वोत्कृष्ट खेलाडी
– मदन(पासाङ स्मृति कप र प्रधानमन्त्री कपमा पनि सर्वोत्कृष्ट खेलाडी
– शेरबहादुर खड्का स्मृति र ढोरपाटन डबल लिगमा बेस्ट स्पाइकर
– ढोरपाटन डबल लिग, शेरबहादुर खड्का स्मृति कप र मदन-पासाङ स्मृति कपमा उपविजेता

१३ औं पल्सर स्पोट्र्स अवार्डमा पिपुल्स च्वाइस, वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडीको विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा आठ विधा समावेश गरिएको छ ।

वर्षका उत्कृष्ट युवा खेलाडी, प्रशिक्षक, पारा एथलिट, लाइफ टाइम एचिभमेन्ट अवार्डको विजेतालाई ५०-५० हजार रुपैयाँ दिइनेछ । अवार्ड विजेताहरूले डिस होमको सेटअप बक्स र १ वर्षको निस्शुल्क सुविधा तथा न्यु होराइजन कार्पेट पनि प्राप्त गर्नेछन् । मनोनयनमा परेका सबै खेलाडीरप्रशिक्षकले टाइमेक्स घडीलगायत अन्य उपहार पाउनेछन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget