Websoft University

www.radiomakalu.com || 021-522512


आपूर्तिमन्त्रीको अनुगमनः जथाभावी गर्भपतन गराउने क्लिनिकमा शिलबन्दी



काठमाडौं, असार २३ गते । स्वास्थ्य जाँच इजाजतपत्र नपाएका व्यक्तिले विरामी जाँच्ने गर्ने जस्ता समस्या भेटिएपछि सरकारको अनुगमन टोलीले बालाजु स्वास्थ्य क्लिनिकलाई शिल गरिदिएको छ । यसैगरी गोंगबुस्थित आराधना हेल्थ केयर सेन्टर प्रालिमा पनि अनुगमन टोलीले शिल गरेको छ ।

आपूर्ति मन्त्री गणेशमान पुन नेतृत्वको अनुगमन टोलीले बिहीबार छापा मार्दा बालाजु स्वास्थ्य क्लिनिकमा जथाभावी गर्भपतन गराउने गरेको पाइएको थियो ।

यस्तै बाहिर डाक्टरको नाम टाँस्ने तर भित्र आफैंले मनलाग्दी बढी मूल्यमा औषधि दिने गरेको, बाहिर नाम टाँसिएको डाक्टर पनि उपचार गर्न नआउने पाइएको र संस्था संचालनसम्बन्धि कागजपत्र नभेटिएकाले बालाजु स्वास्थ्य क्लिनिकलाई शिल गरेको आपूर्तिमन्त्री पुनका स्वकीय सचिव अर्जुनकुमार पाठकले बताए ।

अधिकांश क्लिनिक इजाजतविना सञ्चालन

अनुगममा अधिकांश मेडिकल तथा क्लिनिकले संस्था दर्ता नगरेको पाइएको आपूर्ति विभागले जनाएको छ । उनीहरुले औषधि वितरण र उपचार गर्ने स्वीकृति नलिएको, सरकारलाई कर नतिरेको भेटेपछि गंगबुस्थित आराधना हेल्थ केयर सेन्टर प्रा.लिलाई पनि शिल गरिदिएको छ ।

उपभोक्ताबाट उजुरी बढेपछि आपूर्ति मन्त्री गणेशमान पुनको निर्देशनमा विभागले तीन दिनदेखि बजार अनुगमन बढाएको छ । पहिलो दिन तरकारी बजारको अनुगमन गरेको विभागले दोस्रो दिन केही मिठाइ उत्पादनमा छापा मारेको थियो । छापा मार्दा आँगनको मिठाइ अखाद्य भन्दै शिल गरिदिएको थियो ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget