Websoft University

www.radiomakalu.com || 021-522512


२०२६ को विश्वकपमा ४० टोलीको सहभागिता रहने

FIFA-President

काठमाडौं,साउन ११ गते । ‘१० बर्षपछिको विश्वकपमा विश्वकपको आकार बढाएर ४० टोलीको सहभागीतामा खेलाइनेछ ।’ यो भनाइ फिफा अध्यक्ष जियान्नी इन्फान्तिनोको हो ।

एकातर्फ पूर्व समकक्षी सेप ब्लाटर संस्थालाई अव्यवस्थित बनाउदै बाहिरिएपछि विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोको लक्ष्य विश्वकपको आकार ठूलो बनाउने छ ।

नाइजेरियाको भंमणमा रहेका ४६ बर्षीय फिफा अध्यक्ष इन्फान्तिनोले सोमबार दावी गरेका छन् कि विश्व फुटबलको महामेलामा कम्तिमा थप दुई अफि्रकन मुलुकको सहभागिता गराउने गरी प्रक्रिया सुरु गरेका छन् ।

इन्फान्तिनोले भनेका छन्, ‘मेरो बिचारमा सन् २०२६ को विश्वकपमा संभवतः ४० टोलीको सहभागिता रहनेछ । नयाँ आठ मुलुकमध्ये कम्तिमा २ टोली अफि्रकाबाट हुनेछन् ।’

इन्फान्तिनो, केहि समयअघि मात्र नियुक्त भएका फिफा महासचिव फतमा सामोउरासँग नाइजेरियाको राजधानीमा छन् । उनले त्यहाँ एक युथ प्रतियोगिताको फाइनलमा सहभागी हुनुअघि अफि्रकी मुलुकका १८ फुटबलसंघका अध्यक्षहरुसँग छलफल गरेका थिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget