Websoft University

www.radiomakalu.com || 021-522512


ढाका आक्रमणः ६ चरमपन्थी मारिए, १३ बन्धकलाई मुक्त गरियो



काठमाडौं,असार १८ गते । बंगलादेशको राजधानी ढाकामा चरमपन्थीहरुले आक्रमण गरेको क्याफेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

सुरक्षा बलले ६ आक्रमणकारीलाई मारेको छ भने चार विदेशीसहित १३ बन्धकलाई मुक्त गरिएको छ । अन्य आक्रमणकारी र बन्दकबारे केही केही सूचना प्राप्त भएको छैन ।

शुक्रबार ढाकाको गुलशन इलाकामा रहेको एक क्याफेमा चरमपन्थीले आक्रमण गरेका थिए । जसको जिम्मा आईएसले लिएको छ ।

सुरक्षाकर्मी क्याफेमा पुगेपछि जान बचाएर बाहिर आएका क्याफेका कर्मचारीका अनुसार बेकरीमा २० विदेशसहित कम्तिमा ३५ जना थिए । स्थानीय टीभीका अनुसार रेस्क्यु अपरेशन विहान ७ः४० मा सुरु भएको थियो ।

अपरेशनका क्रममा स्वचालित हतियारका साथ सेनाका जवानहरु खटिएका थिए । बीबीसीका अनुसार घटनास्थलमा पत्रकारहरुलाई पनि प्रवेशमा रोक लगाइएको छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget