Websoft University

www.radiomakalu.com || 021-522512


झमक घिमिरे प्राज्ञसभा सदस्यमा मनोनित, सरकारले दियो पाँच लाख उपचार खर्च



Jhamak-Ghimire
काठमाडौं,असार २१ गते । सरकारले साहित्यकार झमक घिमिरेलाई ५ लाख रुपैयाँ उपचार खर्च दिएको छ ।

घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’को हिन्दी संस्करण सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले घिमिरेलाई उपचार खर्च दिएको जानकारी दिएका हुन् ।

साथै घिमिरेलाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा मनोनित पनि गरिएको उनले जानकारी दिए ।

धनकुटामा जन्मिएकी घिमिरेको कृति जीवन काँडा कि फूलले ०६८ मा मदन पुरस्कार पाएको थियो । मष्तिस्क रोगबाट पीडित घिमिरे जन्मदेखि नै हिँडडुल गर्न र बोल्न समेत सक्दिनन् ।

खुट्टाको तीन औंला मात्र चल्ने उनले तीनै सहाराले लेखेकी उक्त पुस्तकमा घिमिरेले आफ्नो जीवनका पीडा र संघर्ष पोखेकी छन् । - अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget