Websoft University

www.radiomakalu.com || 021-522512


यस्ता मानिसलाई बढी टोक्छ लामखुट्टेले


mosquito sucking blood from human hand
तपाईको रक्त समूह ओ हुनपर्छः सन् २००४ मा जर्नल अफ मेडिकल इन्टोमोलोजीमा प्रकाशित एक अध्ययन अनुसार ओ ग्रुप समूहका मानिसले अन्य रक्त समूह (ए, बी र एबी) को तुलनामा बढी लामखुट्टे आर्कर्षित गर्छन् । सो अध्ययन अनुसार ओ पछि लामखुट्टेका लागि क्रमशः रक्त समूह ए, बी र अन्त्यमा एबी मन पर्छ । तसर्थ तपाईलाई लामखुट्टेले टोक्नुमा रगत समूह ओ हुनुपर्छ ।

तपार्इं गर्भवती हुनुपर्छः अवश्य पनि बयस्क र बालबालिकाको तुलनामा गर्भवती महिलाहरु लामखुट्टेको टोकाईको दृष्टिले बढी जोखिममा हुन्छन् । अध्ययन अनुसार गर्भवती महिला अन्यको तुलनामा दई गुण बढी जोखिममा हुन्छन् । बढी ऊर्जा (मेटाबोलिक रेट) खर्चिने मानिसमा बढी लामखुट्टे आर्कर्षित हुन्छन् । ऊर्जा खर्च गर्दा अझै बढी कार्वनडाइअक्साईड निस्काशन हुन्छ । गर्भवती महिलाले अन्यको तुलनामा अझै बढी मेटाबोलिजम निस्काशन गर्छन् ।

तपाईमा मस्क्युटो म्यागनेट जिन हुनुपर्छः तपाईको शरिरमा लामखुट्टेलाई आर्कर्षित गर्ने जीन छ भने पनि धेरै लामखुट्टे झुम्मिन्छन् । सन् २०१३ मा प्रकाशित जेनेटिक्स एन्ड इभोलुसनमा मानिसमा हुने ह्युमन ल्युकोसाईट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आर्कर्षित गर्छ । यी जिनले मानिसको शरिरबाट आउने गन्धलाई नियन्त्रण गर्छन् । मानिसले निस्काशन गर्ने रसायनयुक्त गन्धका कारण लामखुट्टे बढी आर्कर्षित हुन्छ । तसर्थ तपार्इं समूहमा हुनुुहुन्छ भने पनि सोही गन्धका कारण लामखुट्ट्े तपाईको शरिरमा झुम्मिन्छ । लामखुट्टेले टाउको, अनुहार, हात, खुट्टा लगायतका विशेष ठाँउमा मात्र टोक्छन् । एइडेस एइजिप्टी र डेंग्यू सार्ने लामखुट्टेले टाउकोमा टोक्न मन पराउँछ । - स्वास्थ्य खबरपत्रिका

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget