Websoft University

www.radiomakalu.com || 021-522512


क्षेत्रपाटीमा अनुगमन थालेपछि औषधि व्यावसायीको भागाभाग

सटर बन्द गरेको मेडिकलमा शिलबन्दी
Medical-1
काठमाडौं,असार २६ गते । सरकारी अनुगमन टोली आइतबार क्षेत्रपाटीमा पुगेपछि सो क्षेत्रका औषधि व्यवसायीमा भागाभाग भएको छ । अनुगमन टोलीलाई देखेपछि सटर बन्द गरिएको मेडिकलहरूमा शिलबन्दी गरिएको छ ।

आपूर्ति मन्त्रालय, आपूर्ति विभाग, वाणिज्य विभाग, औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले आइतबार क्षेत्रपाटी क्षेत्रका औषधि पसलहरुमा अनुगमन गरेको छ ।


सटर बन्द गरिएको मेडिकल

अनुगमन टोलीले इखा पुखु र बजगाइ मेडिकलहरूमा शिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंकी अनुगमन अधिकृत शिला सापकोटाले अनलाइनखबरलाई जानकारी दिइन् ।

इखा पुखु, रितेश लगायत अधिकांश मेडिकल पसल धनीहरु अनुगमन टोलीलाई देख्नेवित्तिकै सटर बन्द गरेर भागेका थिए । टोलीले सुगम, एमएच र फेम्जा फर्मास्यूटिकल्समा मात्र अनुगमन गर्न भ्याएको थियो ।

सटर बन्द गरेर सटर बन्द गरी अनुगमनमा असहयोग गर्ने पसलहरुमा शिलबन्दी गर्न थालेपछि केहि औषधि व्यावसायीहरुले सटर खोलेका छन् । उनीहरुले औषधि व्यावसायी संघमार्फत् अनुगमनमा आउनुपर्ने धारणा राखेका छन् ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget