Websoft University

www.radiomakalu.com || 021-522512


नक्कली लाइसेन्स बोक्ने चालकमाथि कारबाही तीब्र

laisens

केशमहलमा लेन मिचेको कसुरमा कारबाहीमा परेका प्रकाश श्रेष्ठले ट्राफिकलाई खल्तीबाट दिएको सवारी अनुमतिपत्र लाइसेन्स हेरेर ट्राफिक प्रहरी अक्कनबक्क परे।स्मार्ट लाइसेन्समा उल्लिखित अनुहार र श्रेष्ठको अनुहार फरक पाएपछि ट्राफिक प्रहरस्ले सोधे,‘तपाईको नाम के हो?’ श्रेष्ठले आफ्नो नाम प्रकाश बताए। लाइसेन्समा भने धनराज शर्मा पौडेल उल्लेख थियो। अन्नपूर्ण पोष्टमा समाचार छ।

असार २९ को यो घटनामा महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गले श्रेष्ठलाई थप छानबिन गर्नु पर्ने ठहर गर्दै कार्यालयमा ल्योयो। पौडेलको लाइसेन्स कसरी आफूले बोके भन्नेबारे श्रेष्ठ दुविधामा परे। उनले मनिपर्स हेर्दा अर्को लाइसेन्स फेला पारे। दोस्रो लाइसेन्स भने आफ्नै थियो। तर कागजबाट बनेको।
ट्राफिक प्रहरीलार्य झन् शंका लाग्यो। श्रेष्ठले ट्राफिकलाई बुझाएको पौडेलको लाइसेन्समा फोन नम्बर उल्लेख थियो। वृत्तका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार पौडेललाई वृत्तमा झिकाउँदा उनको साथबाट श्रेष्ठको स्मार्ट लाइसेन्स फेला पर्यो। श्रेष्ठसँग दुई फरक नम्बरका लाइसेन्स भेटेपछि यातायात व्यवस्था कार्यालय गएर बुझ्दा सुरुको कागजबाट बनाइएको लाइसेन्स अर्कै व्यक्तिको नाममा थियो।

उक्त लाइसेन्स ए, बी, एफ र जी ग्रुपको थियो भने स्मार्ट लाइसेन्समा ग्रुप ए र बीमात्रै। श्रेष्ठ झुटा साबित भए। उनलाई सरकारी छाप दस्तखत किर्तै अभियोगमा प्रहरीले कारबाही थालेको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget