Websoft University

www.radiomakalu.com || 021-522512


पिपुल च्वाइस अवार्डको मनोनयनमा नवयुग श्रेष्ठ र सन्दिप लामिछाने



काठमाडौं, असार १७ गते । एनएसजेएफ पल्सर स्पोट्स अवार्ड अन्तरगत पिपुल च्वाइस अवार्डको मनोनयनमा नवयुग श्रेष्ठ र सन्दिप लामिछाने परेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोट्स अवार्ड साउन ६ गते हुँदैछ । र, पिपुल च्वाइस अवार्डको मनोनयन शुक्रबार सार्वजनिक गरिएको हो । यसअघि यो अवार्डको नाम पपुलर अवार्ड थियो ।

पिपुल च्वाइस अवार्डको मनोनयनमा फुटबलर नवयुग श्रेष्ठ, क्रिकेटर सन्दिप लामिछानेसँगै भारोत्तोलनकी तारादेवी पुन, टेबलटेनिसकी नविता श्रेष्ठ र भलिबलकी प्रतिभा माली परेकी छन् ।

२०७२ सालमा गरेको प्रदर्शनका आधारमा पाँच खेलाडीलाई मनोनयन गरिएको मञ्चले जनाएको छ । एमएसएम भोटिङको आधारमा साउन ६ गते नै विजेता छनौट गरिनेछ ।

नेपालले बंगबन्धु र साग फुटबलमा स्वर्ण जित्दा नवयुग नेपाली टोलीका मुख्य स्ट्राइकर थिए । सन्दिप नेपालका युवा क्रिकेटर हुन् । यू-१९ विश्वकपमा राम्रो प्रदर्शन गरेपछि सिनियर टोलीमा डेब्यू गरेका उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध राम्रो प्रदर्शन गरे ।

मन पर्ने खेलाडीलाई ३११३१ मा एसएमएस गरेर भोट दिन सकिनेछ । नवयुगलाई भोट दिन pulsar NY लेखेर ३११३१ मा एसएमएस गर्नु पर्नेछ । सन्दिपलाई भोट दिन pulsar SL लेखेर ३११३१ मा एसएमएस गर्नु पर्नेछ ।

तारादेवीलाई भोट दिन pulsar TP, नवितालाई भोट दिन pulsar NS र प्रतिभालाई भोट दिन pulsar PM लेखेर ३११३१ एसएमएस गर्नु पर्नेछ ।-अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget