Websoft University

www.radiomakalu.com || 021-522512


नेता पौडेल र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौँ, असार २३ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत मासासी ओगवाबीच आज भेटवार्ता भएको छ ।

वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा भएको भेटका क्रममा संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

भेटमा राजदूत ओगवाले नेपालमा संविधानको कार्यान्वयनमा जापान जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयन चुनौतीपूर्ण भएकाले आफ्नो पार्टीले संविधान कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको जानकारी गराउनुभएको थियो ।

राजदूत ओगवाले सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमार्फत भूकम्प प्रतिरोधात्मक घरको निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न धादिङमा ९०० जनालाई तालिम दिन लागिएको पनि जानकारी गराउनुभएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget