Websoft University

www.radiomakalu.com || 021-522512


चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारको निर्णय



काठमाडौं, असार २६ गते । सरकारले उत्तरी छिमेकी चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको छ ।


फाइल फोटो

मन्त्रिपरिषदको आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको हो ।

सूचना तथा संचारमन्त्री शेरधन राईले अध्ययन अनुसन्धान र शिक्षा प्रबर्द्धनका लागि चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री एवं पूर्व कानूनसचिव माधव पौडेललाई नेपाल कानून आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्ट सेवा सञ्चालनका लागि उपकरण खरिद् गर्न २० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको छ । त्यस्तै निजामती सेवामा इन्जिनियरिङ्ग सेवा तर्फबाट रामानन्दप्रसाद यादवलाई सचिवमा बढुवा गरेको छ ।

नेपाली सेनाका १० जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ भने १६ जना महासेनानीको सरुवाको निर्णय गरेको सरकारका प्रवक्ता संचारमन्त्री राईले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले प्रदेशका मुख्य मन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधा सम्बन्धी विधेयक तयार पार्नका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget