Websoft University

www.radiomakalu.com || 021-522512


हिजो के गरे चितवनका स्थानीय विकास अधिकारी पोख्रेलले ?



५ः३० बजे उठेँ । बिहानको नित्यकर्म सकेपछि समाचार हेर्ने, सुन्ने र पढ्ने काम गरेँ । त्यसपछि नास्ता गरेँ । ६ः३० बजे कार्यालय पुगेँ । अघिल्लो दिनका बाँकी काम गरेँ । फरफारकका केही फाइल र अन्य चिट्ठीपत्रमा तोक लगाएँं ।

७ बजे खैरेनी नगरपालिकाको जनचेतना र हंशेश्वर टोललाई वातावरणमैत्री क्षेत्र घोषणा कार्यक्रममा सहभागी भएँ । करिब ७ः३० बजे र्याली सुरु भयो । प्रमुख अतिथिका रूपमा मैले वातावरणमैत्री क्षेत्र घोषणापछिका फाइदा÷बेफाइदाबारे सुझाएँ । कार्यक्रमपछि खाना खाएर कार्यालय गएँ ।





कार्यालयमा सेवाग्राहीका योजना स्वीकृत गर्ने, कार्यसम्पन्न पत्र स्वीकृत गर्ने र भुक्तानीका चेकमा हस्ताक्षर गरँे । यतिबेला कार्यालयमा योजना सञ्चालन र रकम भुक्तानीका लागि परेका निवेदन, फाइल धेरै भएकाले कामको चाप बढेको छ ।


दिउँसो १ बजे जिल्ला विकास कार्यालयले यो वर्षको सबैभन्दा अन्तिम र तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएँ । भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान भन्ने संस्थाले कार्यक्रम संयोजन गरेको थियो । उसले जिल्ला विकास समितिमा सेवा लिन आएकाबाट कामबारे सर्वेक्षण गरी प्रतिवेदन तयार पारेको थियो । त्यो पनि प्रस्तुत भयो । प्रतिवेदनमा जिविसले सञ्चालन गरेका आयोजना, कार्यक्रममा उपभोक्ताले सन्तुष्टि व्यक्त गरेका थिए । नागरिक बडापत्रबारे त्यति जानकारी नभएको, सेवाप्रवाह सन्तोषजनक रहेको, सरसफाइ र भौतिक अवस्था राम्रो रहेको र सेवाग्राहीमैत्री हुँदै गएको भन्ने देखिएको छ । प्राविधिक कर्मचारीबाट भने सेवाग्राहीले त्यति सेवासुविधा नपाएको गुनासो आयो । ४ बजेतिर कार्यक्रमको सकियो ।




त्यसपछि पुनः कार्यालय फर्कें । प्रतीक्षारत केही सेवाग्राही थिए, उनीहरूको काम गरेँ । कार्यालयका कर्मचारी साथीहरूसँग कार्यालयीय काम र योजनामा अनौपचारिक छलफल गरेँ । साँझ ५ः३० बजेतिर कार्यालयबाट क्वार्टरतिर फर्किएँ ।


(चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलको २०७३ असार २८ गतेको दैनिकी । रातोपाटीको ‘हिजोमात्रै’ स्तम्भका लागि असार २८ गते साँझ लोकराज जैसीसँगको टेलिफोन वार्तामा उनले आफ्नो दैनिकी सुनाए । खुला प्रतिस्पर्धाबाट २०५५ मा सहलेखापाल हुँदै निजामती सेवा प्रवेश गरेका पोख्रेल २०५७ मा शाखा अधिकृत र २०६७ मा खुला प्रतिस्पर्धाबाटै उपसचिव भएका छन् । उनी झापानिवासी हुन् ।)
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget