Websoft University

www.radiomakalu.com || 021-522512


ओलीलाई एमालेको सुझावः सरकारले कमाएको प्रतिष्ठामा आँच आउन नदेऊ

अविश्वास प्रस्ताव                              दर्ता भएपछि राजिनामाको माग औचित्यहीन

 UML-meet


काठमाडौं साउन ४ गते । नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नौ महिने शासनकालमा प्राप्त गरेको उचाई तथा प्रतिष्ठामा आँच आउन नदिन सचेत गराएका छन् । साथै दलहरु भोलि एकै ठाउँमा बस्नै नसक्ने खालको तिक्तता आउन नदिन सुझाएका छन् ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री ओलीले माओवादी र कांग्रेसबारे कडा टिप्पणी गर्दै आएका छन् ।

तर, एमाले स्थायी कमिटीको बैठकमा नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई बोल्दा सरकारको कामका कारण प्राप्त प्रतिष्ठा कमजोर नहोस भन्नेमा सचेत हुन सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेताहरुले दलहरुको सम्बन्धमा दीर्घकालीन असर पर्ने अभिव्यक्ति दिन नहुने सदस्यहरुले बताएका थिए । महासचिव ईश्वर पोखरेलले समेत प्रमुख नेताहरुका अभिव्यक्ति मर्यादित र शिष्ट हुनुपर्ने बताएको स्रोतले जनाएको छ ।
स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले भने, ‘प्रमुख नेताले अहिलेको अवस्थामा दलहरुको सम्बन्ध तिक्त बनाउने र भोलि सहकार्य गर्न अप्ठेरो स्थानमा पुर्‍याउने अभिव्यक्ति दिनु हुँदैन भन्नेमा हामी सजग छौं ।’

राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएर सरकार र पार्टीले यसबीचमा आर्जन गरेको उपलव्धिलाई असर पर्ने र प्रतिकूल हुने गरी कुनै काम सरकार र पार्टीका नेताले गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा भएको छलफल सुनाउँदै एक नेताले अनलाइनखबरसँग भने, ‘हामीले अहिले नै धेरै उत्तेजित र आक्रामक हुन जरुरी छैन, पर्खिनुपर्छ केही दिनमै नयाँ खेल शुरु हुन्छ । सबै पार्टीमा अन्तरविरोधहरु छन्, त्यसैले संयमित भएर अविश्वास प्रस्तावको सामना गर्नुपर्छ भन्ने टुंगोमा पुगियो ।’

बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल पक्षधर नेताहरु ओलीलाई सहज बनाउने हिसाबले नै प्रस्तुत भएको स्रोतले जनाएको छ । ‘अविश्वास प्रस्तावको सामना गर्ने कुरामा कुनै विमति रहेन, त्यसपछि सरकार गठनको सन्दर्भमा ओलीको अडान के हुन्छ, त्यो हेरेरमात्र बोल्ने हो’ नेपाल पक्षीय एक पदाधिकारीले अनलाइनखबरसँग भने ।

बैठकले अविश्वास प्रस्तावको दृढतापूर्वक सामना गर्ने, त्यसको परिणाम स्वीकार गर्ने र संवैधानिक ढंगले सबै चल्नुपर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संसदमा पेश भइसकेका विधेयकको प्रक्रिया रोकेर अविश्वास प्रस्तावमाथि छलफल भने अघि बढ्न नसक्ने एमालेले प्रष्ट पारेको छ ।

व्यवस्थापिका संसदको कार्यसूची सहमतिका साथ अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । बैठकमा सभामुख ओनसरी घर्तीको भूमिकाको आलोचना भए पनि औपचारिक रुपमा सभामुखबारे नबोल्ने गरी पार्टीले सहमतिका लागि आग्रह गरेको हो ।

राजीनामाको माग औचित्यहीन

बैठकमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेताहरुले अश्विास प्रस्ताव दर्ता भसकेपछि कांग्रेस र माओवादीले प्रधानमन्त्रीको राजीनामा माग्नु औचित्यहीन रहेको बताएका छन् ।

अविश्वास प्रस्ताव पारित भएर नयाँ सरकार गठन नहुन्जेलको अवस्थामा मात्र सरकार कामचलाउ हुने भन्दै नेताहरुले अहिले सरकार काम चलाउ नभएको बताएका थिए ।

नेताहरुले सरकार गठनका सन्दर्भमा संवैधानिक अड्चन आएको खण्डमा सर्बोच्च अदालतको राय अन्तिम हुने बताएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget